images

May 02 2024 | २०८१, वैशाख २० गते

सुदूरपश्चिममा कांग्रेसले नेकपा एसलाई सहयोग गर्ने

सुदूरपश्चिममा कांग्रेसले नेकपा एसलाई सहयोग गर्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
  • सुदूरपश्चिममा कांग्रेसले नेकपा एसलाई सहयोग गर्ने

    काठमाडौँ । यसअघि नेकपा एस र कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । गठबन्धनमा मुख्यमन्त्री पाउने गरी नेकपा एसले समर्थन फिर्ता लिएपनि कांग्रेसले फेरि नेकपा एसका संसदीय दलका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने गरी प्रस्ताव गरेको हो ।

    images
    images

    कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बेलुका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सुदूरपश्चिमबाट नयाँ सहकार्यको सुरुवात गर्न प्रस्ताव गरेका थिए । देउवा र नेपालबीच गल्फुटारस्थित कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवासमा बुधबार साँझ ६ बजेदेखि करिब एक घण्टा संवाद भएको थियो । भेटमा सुदूरपश्चिम प्रदेशमा सरकार गठनदेखि कोशी र अन्य प्रदेश तथा केन्द्रीय राजनीतिका विषयमा समेत छलफल भएको थियो ।

    नेपालसँग छलफलपछि सभापति देउवाले बिहीबार बिहानैदेखि पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । देउवाले अहिले बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग समेत परामर्श गरेका छन् । सभापति देउवाले प्रदेश सरकारहरुका विषयमा कानूनविद्सँग समेत छलफल गरेका छन् । सुदूरपश्चिम प्रदेशमा वैकल्पिक गठबन्धनबाट सरकार बनाउने प्रयास भएको एक नेताले बताए । 

    नेकपा एसले प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीकारुपमा अघि बढाउने निर्णय गरिसकेको छ । तर सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले अनिच्छा देखाएका छन् । एमालेको अडानका कारण बिहीबार बिहानसम्म सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेबारे गठबन्धन नै अनिर्णित छ ।

    यसअघि पनि गठबन्धनले मुख्यमन्त्री नदिएपछि नेकपा एसले कांग्रेससँग मिलेर सरकार बनाउन तयार भएको थियो । त्यसो त सुदूरपश्चिममा नेकपा एस गठबन्धनबाट बाहिरिए वर्तमान सत्ता गठबन्धनमा संकट पैदा हुने निश्चित छ ।

    कांग्रेसले केन्द्रमा समेत सहकार्य गरेर अघि बढ्न यसअघि नै नेकपा एसलाई प्रस्ताव गरिसकेको छ । फागुन २१ गते नयाँ गठबन्धन बनेको भोलिपल्ट माधव नेपाललाई भेट्न देउवा उनकै निवास पुगेका थिए । बिरामी भएर स्वास्थ्यलाभ गरिरहेका नेपालसँग त्यतिबेला कांग्रेसहितको नयाँ समीकरण बनाउन देउवाले आग्रह गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार