तनहुँका किसान बारामा जिते
तनहुँका किसान बारामा जिते
काठमाडौं । एकीकृत समाजवादी पार्टीका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले जित हात पारेका छन्।
बारा क्षेत्र–४मा उनले २० हजार २ सय ९७ मत ल्याउदै जित हात पारेका हुन्।
उनले एमालेका एकवाल मियाँलाई पराजित गरे। मियाँले १३ हजार ८ सय ६३ मत ल्याए। विसं २०७४ सालको निर्वाचनमा श्रेष्ठले तनहुँबाट रामचन्द्र पौडेललाई पराजित गर्दै सांसद भएका थिए।
सत्ता गठबन्धनको भागबन्डा गर्दा उनले तनहुँमा नपाउने भएपछि बारामा झरेका थिए।