Sep 19 2024 | २०८१, असोज ३ गते

सिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटलबीच समझदारी

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १७ २०७९
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १७ २०७९
  • सिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटलबीच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

    images
    images

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्रन्टलाइन हस्पिटलका  विभिन्न सेवाहरुमा १३ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

    सिटिजन्स बैंकले भारतको दिल्लीस्थित मेदान्त हस्पिटललगायत मुलुकको करिब २५ अस्पतालसॅंग छुट सहकार्यको सम्झौता गरेको छ । हाल बैंकमा करिब १५ लाख ग्राहकहरुले सेवा लिईरहेका छन् ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १३३ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १५ लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट