Sep 19 2024 | २०८१, असोज ३ गते

अब कुनै पनि व्यवसायीले सेवा शुल्कको नाममा थप रकम लिन नपाउने

अब कुनै पनि व्यवसायीले सेवा शुल्कको नाममा थप रकम लिन नपाउने

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १२ २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १२ २०७९
  • अब कुनै पनि व्यवसायीले सेवा शुल्कको नाममा थप रकम लिन नपाउने

    अब कुनै पनि व्यवसायीले  सेवा शुल्कको नाममा थप रकम लिन नपाउने भएका छन् । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले वस्तु तथा सेवाको मूल्यमा थप ‘सेवा शुल्क’ लिन नपाउने फैसला गरेको हो ।

    images
    images

    राष्ट्रिय उपभोक्ता मञ्चको तर्फबाट अध्यक्ष प्रेमलाल महर्जनले २३ जेठ ०७५ मा व्यावसायिक संस्थाले लिने सेवा शुल्कका विरुद्ध रिट दायर गरेका थिए ।

    महर्जनले आफ्नो लागत र त्यसमा मुनाफा जोडेर उत्पादनको मूल्य कायम गरिसकेपछि कुनै पनि बहानामा थप रकम लिन नपाउने दाबी गरेका थिए । सर्वोच्च अदालतको बुधबारको फैसलासँगै श्रम ऐन, २०७४ को ८७(३) र श्रम नियमावली, २०७५ को नियम ८२ खारेज हुने भएका छन् । यी नियममा वस्तु तथा सेवाको मूल्यसँगै थप सेवा शुल्क लिन पाउने व्यवस्था थियो ।    


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट