वर्षा सिवाकोटीलाई आशिषले किन दिए यति ठूलाे धाेका ?
वर्षा सिवाकोटीलाई आशिषले किन दिए यति ठूलाे धाेका ?
काठमाडौं । अहिले यतिबेला सामाजिक संजालमा एउटा गित चर्चामा छ, त्यो हाे– धोकेबाज हौं तिमी...।
एलिना चौहानले गाएको यो गित अहिले नेपाली चलचित्रकी सुपरहिट नायिका वर्षा सिवाकोटीको जिवनसँग मेल खाएको छ । यसअर्थमा की उनको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै अन्त्य भएको छ । उनका श्रीमान आशिष गेललले वर्षालाई धोका दिएका छन र, अर्को विवाह गरेका छन् ।
अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते परम्परागत तवरले लगनगाँठो कसेकी थिइन् । छोटो समयको प्रेमपछि उनीहरु श्रीमान-श्रीमती बनेका थिए । तर, आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् ।
वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ । बिहेपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बस्न थालेकी थिइन् । तर, छोटो समयमै नेपाल फर्किइन् । उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको आँकलन गर्न थालिएको थियो ।
यद्यपि, वर्षाले अहिलेसम्म आफ्नो दाम्पत्य जीवनबारे मौनता साँधिरहेकी छन् । वर्षासँग छुट्टिएलगत्तै आशिषले झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका हुन् । उनीहरुको हिजो झापामै विवाह भएको बुझिएको छ ।