Sep 19 2024 | २०८१, असोज ३ गते

बजारमा सुनको मूल्य ८ सय रूपैयाँले बढ्याे

बजारमा सुनको मूल्य ८ सय रूपैयाँले बढ्याे

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १० २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १० २०७९
  • बजारमा सुनको मूल्य ८ सय रूपैयाँले बढ्याे

    काठमाडाैं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य ८ सय रूपैयाँले बढेकाे छ। 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला २ सय रुपैयाँ मात्र कम हो। 

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार