Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यविधि ल्याउँदैछौँः मुख्यमन्त्री सिंह

उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यविधि ल्याउँदैछौँः मुख्यमन्त्री सिंह

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३१ २०८१
  • उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यविधि ल्याउँदैछौँः मुख्यमन्त्री सिंह

    पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताएका छन् । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उनले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिए । 

    images
    images
    images

    “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान हुन सक्दैन”, मुख्यमन्त्री सिंहले भने । उनले कार्यविधि उद्योगमैत्री भएकाले प्रदेशमा उद्योग तथा व्यवसाय फस्टाउनेमा विश्वास व्यक्त गरे । 

    मुख्यमन्त्री सिंहले स्वदेशी उद्योगलाई सवल र समक्ष बनाउँदै स्वदेशमा उत्पादन भएको वस्तु तथा सामानलाई विदेशमा निर्यात गर्ने गरी काम गर्न उद्योगी व्यवसायीलाई अनुरोध गरे । “अहिले नेपालबाट विदेशी मुलुकमा लाखौंँ अर्धदक्ष जनशक्ति गइरहेको अवस्था छ, तर स्वदेशी उद्योगमा जनशक्ति अभाव भइरहेको छ”, उनले भने, “सीप सिकेका जनशक्ति नहुँदा विदेशी मुलुकबाट दक्ष कामदार ल्याउनुपर्ने बाध्यता कायमै छ ।”

    त्यस अवसरमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मधेस प्रदेशमा युवा उद्यमीले नवप्रवर्तकमार्फत उद्यमशीलताको विकास गर्नुपर्ने बताए । नेपाल उद्योग परिसङ्घ मधेस प्रदेशका अध्यक्ष प्रमोदकुमार साहले प्रदेशका युवालाई उद्यमशिलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याए। नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चका अध्यक्ष आशीष अग्रवालले प्रदेश आर्थिक र औद्योगिक नगरी भएकाले पनि युवा उद्यमीहरु लगनशील भएर अघि बढ्न जरुरी रहेको बताए । नेपाल उद्योग परिसङ्घ युवाउद्यमी मञ्च मधेस प्रदेश च्याप्टरका अध्यक्ष रजत बजाजले प्रदेशका सबै खालका युवालाई समेटेर उद्यमशीलताको विकास र प्रवद्र्धन गर्नुपर्ने धारणा व्यक्त गरे । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट