Sep 19 2024 | २०८१, असोज ३ गते

नौ महिनामा झन्डै ११ खर्ब व्यापार घाटा, आयात १८ प्रतिशतले र निर्यात २६ प्रतिशतले घट्यो

नौ महिनामा झन्डै ११ खर्ब व्यापार घाटा, आयात १८ प्रतिशतले र निर्यात २६ प्रतिशतले घट्यो

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ७ २०८०
  • नौ महिनामा झन्डै ११ खर्ब व्यापार घाटा, आयात १८ प्रतिशतले र निर्यात २६ प्रतिशतले घट्यो

    चालु आर्थिक वर्षको चैतसम्ममा मुलुकको कूल व्यापार घाटा झन्डै ११ खर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत चैतमसान्तसम्मको विवरण अनुसार व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ ।

    images
    images

    गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कमी आएको हो । चालु आवमा तरलता अभाव, अर्थतन्त्रमा मन्दी एवम् सरकारले समेत केही समय १० वटा सामाग्रीमा लगाएको राेकलगायतका कारण आयात व्यापार खस्किएकाले अघिल्लो वर्षको तुलनामा व्यापार घाटामा कमी आएको हो ।

    नौ महिनाको अवधिमा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबर भएको विभागले जनाएको छ । सो अवधिमा कूल ११ खर्ब १ अर्ब ५० करोडको आयात हुँदा एक खर्ब १८ अर्ब २७ करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ । नेपालको निर्यातमा पाम तेलको भूमिका अहम हुने गर्दछ । पाम तेलको भारत निर्यात घट्दै गएकाले पनि नेपालको निर्यातमा ठूलो गिरावट देखिएको हो ।

    आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आवको ९ महिनामा कूल व्यापार १८.८९ प्रतिशतले घटेको छ । गत आवमा कूल १६ खर्ब २७ अर्ब २३ करोड बराबरको व्यापार भएको थियो । गत आवमा १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँको सामान आयात भएकोमा चालु आवको ९ महिनामा १८.०८ प्रतिशतले कमी आई १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो । गत आवको ९ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड बराबरको सामान निर्यात भएकोमा चालु आवको ९ महिनामा २६.३४ प्रतिशतले ओरालो लागेर एक खर्ब १८ अर्ब २७ करोड बराबरको सामान निर्यात भएको हो।

    गत वर्ष ९ महिनामा नेपालको निर्यात आयात अनुपात ९.१३ गुणा रहेकोमा यो अहिले बढेर १०.१६ गुणा पुगेको छ । कुल व्यापारमा निर्यातको अंश गत वर्ष ९.८७ प्रतिशत रहेकोमा अहिले ८.९६ प्रतिशतमा पुगेको छ भने आयातको अंश गत वर्ष ९०.१३ प्रतिशत रहेकोमा अहिले यो बढेर ९१.०४ प्रतिशत रहेको छ । यसले कुल व्यापारमा निर्यातको व्यापार खस्किदै गएको र आयात व्यापार बढ्दै गएको देखाउँछ जुन नेपाली अर्थतन्त्रको लागि नकारात्मक लक्षण हो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार