Sep 19 2024 | २०८१, असोज ३ गते

नेपालका ठूला परियाेजनामा लगानी गर्न खाेज्दै रुस, सरकारले याेजना दिनै सकेन

नेपालका ठूला परियाेजनामा लगानी गर्न खाेज्दै रुस, सरकारले याेजना दिनै सकेन

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ५ २०८०
  • नेपालका ठूला परियाेजनामा लगानी गर्न खाेज्दै रुस, सरकारले याेजना दिनै सकेन

    रूसले अस्पताल, रेलमार्ग, राजमार्ग, छात्रवृत्ति लगायतमा सहयोग गर्न इच्छा जाहेर गर्दै नेपालसँग फेरि विस्तृत परियोजना प्रस्ताव मागेको छ।

    images
    images

    काठमाडौंस्थित रूसी दूतावासले ९ जूनमा परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर पुनः विस्तृत परियोजना प्रस्ताव माग गरेको मन्त्रालयले जनाएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रूसको माथिल्लो सभा फेडरेसन काउन्सिलका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्कोबीच गत वैशाखमा भएको छलफलमा उठेका विभिन्न १३ वटा परियोजनाको विस्तृत प्रस्ताव माग गरेर ४ मेमा दूतावासले पत्र पठाएको थियो। 

    तीन वटा परियोजनाको विस्तृत प्रस्ताव तयार भएको र १० को परियोजनाको अझै प्रस्ताव नआएपछि रूसले फेरि पत्र पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रूसले सहयोग गर्न चाहेको पोखरा-पर्वत-रिडी सडक, छात्रवृत्ति र क्यान्सर अस्पताल निर्माणबारे विस्तृत प्रस्ताव तयार पारिसकेको परराष्ट्र मन्त्रालयको यूरोप तथा अमेरिका हेर्ने शाखाका एक अधिकारीले बताए। 

    पूर्व-पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौंमा मस्को रेलवेसँग मिल्दोजुल्दो रेलमार्ग, पोखरा-पर्वत-रिडी सडक, काठमाडौं र पोखरामा बालबालिकाको क्यान्सर उपचार गर्ने अस्पताल र छात्रवृत्तिमा रूस पढ्न जाने विद्यार्थीको संख्या बढाउने लगायतमा रूसको चासो देखिएको छ। राष्ट्रिय सभा अध्यक्षको सचिवालयका अनुसार नेपालबाट वार्षिक १८ जना छात्रवृत्तिमा पढ्न जाने गरेकोमा १५० देखि २०० जनालाई छात्रवृत्ति दिन रूस इच्छुक देखिएको हो। 

    अध्यक्ष तिमिल्सिनाले गत वैशाख पहिलो साता रूसको साताव्यापी भ्रमण गरेका थिए। भ्रमणमा रूसी उपप्रधानमन्त्री चेर्निसेन्कोसँग नेपालमा जीटुजी मार्फत रासायनिक  मल र गहुँ निर्यात गर्ने, पेट्रोलियम पदार्थ उपलब्ध गराउने, नेपालमा मस्कोबाट सीधा हवाई उडान, हेलिकोप्टर लगायत सवारीसाधान बिक्री गर्ने चासो देखाएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार