Sep 19 2024 | २०८१, असोज ३ गते

माछापुच्छ्रे बैंकको ओरालाे यात्रा: नाफासँगै कर्जा प्रवाह खुम्चियो

माछापुच्छ्रे बैंकको ओरालाे यात्रा: नाफासँगै कर्जा प्रवाह खुम्चियो

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • माछापुच्छ्रे बैंकको ओरालाे यात्रा:  नाफासँगै कर्जा प्रवाह खुम्चियो

    काठमाडौँ । माछापुच्छ्रे बैंकको कर्जा प्रवाह खुम्चिएको छ। गत वर्षको तुलनामा गत वर्ष बैंकको कर्जा प्रवाह १.६४ प्रतिशतले खुम्चिएको हो। आर्थिक वर्ष २०७९/०८० मा बैंकले १ खर्ब २६ अर्ब कर्जा प्रवाह गरेको छ। 

    images
    images

    अघिल्लो वर्ष माछापुच्छ्रे बैंकले १ खर्ब २८ अर्ब कर्जा प्रवाह गरेको थियो। 

    कर्जा प्रवाह खुम्चिँदासमेत बैंकको नाफा भने बढेको छ। गत वर्ष बैंकले १ अर्ब ८५ करोड नाफा गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको थियो। 

    खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड ८७ लाख पुगेको छ। 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशत बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी खुद फि तथा कमिसन आम्दानी ३.१७ प्रतिशत घटेको छ। अघिल्लो वर्ष १ अर्ब १६ करोड फि तथा कमिसन आम्दानी गरेको बैंकले गत वर्ष १ अर्ब १२ करोड पुगेको छ। 

    अवधिमा बैंकको निष्क्रिय कर्जा १.०४ प्रतिशतबाट २.१२ प्रतिशत पुगेसँगै कर्जा नोक्सानी (प्रोभिजन) ८२ करोड रुपैयाँ पुगेको छ।

    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६० पैसा बढेर १८ रुपैयाँ ५ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.८४ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा छ। 

    १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ६.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १.६४ प्रतिशत घटेको छ।

    माछापुच्छ्रे बैंक य

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार