Sep 19 2024 | २०८१, असोज ३ गते

महिला ग्राहकलाई ग्लोबल आइएमईको क्रेडिट कार्ड निःशुल्क

महिला ग्राहकलाई ग्लोबल आइएमईको क्रेडिट कार्ड निःशुल्क

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • महिला ग्राहकलाई ग्लोबल आइएमईको क्रेडिट कार्ड निःशुल्क

    ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकका लागि साउन स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले महिला ग्राहकले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्ने योजना ल्याएको हो । 

    images
    images

    योजना सीमित अवधिका लागि मात्र लागू हुने जनाइएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समय सान्दर्भिक योजना ल्याउने गरेको बैंकको दाबी छ । 

    हाल बैंकले देशका ७७ वटै जिल्लामा तीन सय ५९ शाखा, तीन सय ६७ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार