images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

मौसम : आज भारी वर्षाको सम्भावना

मौसम : आज भारी वर्षाको सम्भावना

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • मौसम : आज भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभावका कारण भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सददर स्थानभन्दा उत्तर र पूर्व आसपास अवस्थित रहेको छ ।
         
    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    images
    images
    images

    दिउँसो कोशी, बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै लुम्बिनी र मधेश प्रदेका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
         
    बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भूभाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
         
    रातिको समयमा पनि कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार