Sep 19 2024 | २०८१, असोज ३ गते

राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने

राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सार्वजनिक बोलकबोलमार्फत केन्द्रीय बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको हो ।  

    images
    images

    इच्छुक बैंक तथा वित्तीय संस्था गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बिहीबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । 

    विकास ऋणपत्र साउन १९ गते शुक्रबार जारी हुनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुबै प्रणालीबाट बिक्री हुने विकास ऋणपत्रको कूल रकम मध्ये ८५ प्रतिशत अर्थात् ८.५ अर्ब रुपैयाँ प्रतिस्पर्धा र १५ प्रतिशत (१.५ अर्ब रुपैयाँ) विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ । विकास ऋणपत्रको ब्याज भने अर्धवार्षिक अर्थात् ६÷६ महिनामा प्रदान गरिने बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार