Sep 19 2024 | २०८१, असोज ३ गते

एआईबारे अब नेपालमै पढाइ हुने, पाठ्यक्रम तयार

एआईबारे अब नेपालमै पढाइ हुने, पाठ्यक्रम तयार

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • एआईबारे अब नेपालमै पढाइ हुने, पाठ्यक्रम तयार

    काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अध्ययन, अध्‍यापन नेपालमै हुने भएको छ ।

    images
    images

    किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिट्युट फर रिसर्च (नामी)ले यससम्बन्धी शैक्षिक पाठ्यक्रमको विकास गरेका छन् । साथै, ६ महिने कक्षा सञ्चालन गर्ने जानकारीसमेत दिएका छन् । यद्यपि अध्ययनका लागि साताको ४ दिन, ९० घण्टाको कक्षा लिन पाइथन प्रोग्रामिङ चलाउन भने जानेकै हुनपर्ने सर्त राखिएको छ ।

    सूचना प्रविधिको अध्ययन-अध्यापनलाई प्राथमिकता दिँदै आएको किङ्स कलेज र एआई शिक्षासम्बन्धी वैज्ञानिक अनुसन्धान गर्ने नामीले एआईसम्बन्धी विशिष्ट तथा एकीकृत पाठ्यक्रम विकास गरी अबको दुई महिनाभित्र शैक्षिक कार्यक्रम सुरु गर्न लागेका हुन् ।

    त्यसका लागि हाल भर्ना प्रक्रियासमेत खुला गरिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार कार्यक्रमको पहिलो चरणमा सूचना प्रविधि तथा इन्जिनियरिङ विधामा काम गरिरहेका व्यक्तिलाई प्राथमिकता दिइनेछ । एआईमा रुची राख्ने जो कोहीले कक्षा लिन सक्ने जानकारी गराइएको छ ।

    ‘पछिल्लो समय विश्वमै मूलधार प्रवृत्तिका रूपमा विकास भइरहेको एआईको क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उद्देश्यले पढाइ शुरु गर्न लागेका हौं,’ किङ्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले भने, ‘हामी नयाँ-नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै शिक्षामा नविनतम प्रयोग गर्दै आएका छौं । एआईको प्रयोगले ल्याउनसक्ने अवसरलाई आत्मसाथ गर्न यो कार्यक्रम ल्याइएको हो ।’ एआईसम्बन्धी पाठ्यक्रम बनाउन र शैक्षिक कार्यक्रम सञ्चालनका लागि नामीसँग साझेदारी गरिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार