Sep 19 2024 | २०८१, असोज ३ गते

दोलखाको गौरीशंकरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता, तीन घाइते

दोलखाको गौरीशंकरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता, तीन घाइते

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • दोलखाको गौरीशंकरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता, तीन घाइते

    काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-८ स्थित टोपाटारमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

    images
    images

    बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिए । यस्तै टोपाटारमा ३ घर पुरिएको उनले जनाए । ‘घटनास्थल जाँदै छु,’ उनले भने, ‘पहिरोले बस्तीका धेरै घर जोखिममा परेको छ । टेलिफोन सम्पर्क पनि हुन सकेको छैन।’

    यस्तै गएरातिको वर्षाले उक्त वडाको सल्ले गाउँको २ घर बगाएको छ । १५ घर विस्थापित बनेको वडा अध्यक्ष शेर्पाले जनाए । दुर्गम भेग भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट