Sep 19 2024 | २०८१, असोज ३ गते

नाफा कमाउँदै सानिमा, सिद्धार्थ, कामना सेवा विकास बैंक

नाफा कमाउँदै सानिमा, सिद्धार्थ, कामना सेवा विकास बैंक

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • नाफा कमाउँदै सानिमा, सिद्धार्थ,  कामना सेवा विकास बैंक

    काठमाडौं।  गत आर्थिक वर्षमा सानिमा बैंकको खुदनाफा २५.१३ प्रतिशत बढेको छ। गत असारसम्म बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९ करोड खुद नाफा कमाएको थियो।

    images
    images

    बैंकद्धारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले २ अर्ब २० करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड रुपैयाँ छ। जसको आधारमा बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १७.७३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ। 

    समीक्षा अवधिमा बैंकले १ खर्ब ७५ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले ६ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा बैंकले १ खर्ब ५७ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

    जस वापत बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। अघिल्लो आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आवमा २ अर्ब ९५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत आवमा २७.९६ प्रतिशतले वृद्धि गरी ३ अर्ब ७८ करोड रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको छ। 

    गत आवको चौथो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात १.३० प्रतिशत छ। अघिल्लो आवमा यस्तो अनुपात ०.३३ प्रतिशत थियो। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ०२ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ५५ रुपैयाँ ५१ पैसा, बेसरेट १०.१५ प्रतिशत, स्प्रेडरेट ४ प्रतिशत र सीडी रेसियो ७९ प्रतिशत कायम छ।

    गत आर्थिक वर्षमा सिद्धार्थ बैंकको खुदनाफा ९.९१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा बैंकले ३ अर्ब १९ करोड १ लाख  रुपैयाँ खुदनाफा गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुदनाफा गरेको थियो।

    अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकको खुदनाफा २८ करोड ७६ लाख रुपैयाँ बढेको बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। 

    खुदब्याज आम्दानीमा सुधार भएपछि नाफा बढेको हो। खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेर ८ अर्ब १७ करोड रुपैयाँ नाघेको छ। खुद फि तथा कमिसन आम्दानीमा पनि सामान्य सुधार भएको छ। यसले गर्दा बैंकको सञ्चालन नाफा ९.८ प्रतिशत बढेर ४ अर्ब ६८ करोड ५७ लाख पुगेको छ। 

    नाफा बढे पनि बैंकको वितरणयोग्य नाफामा गिरावट आएको छ। गत वर्षको नाफाबाट सेयरधनीलाई बैंकले ७९ करोड ५७ लाख रुपैयाँ मात्र वितरण गर्ने सक्ने भएको छ। गत वर्ष नाफा कम हुँदा वितरणयोग्य क्षमता १ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ थियो।

    बैंकको जगेडा कोष बढेर १० अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष जगेडा कोषको आकार ७ अर्ब ७१ करोड रुपैयाँ थियो। यसबीचमा बैंकको खराब कर्जा बढेर २ प्रतिशत माथि पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा अनुपात १ प्रतिशत थियो। 

    खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि २.०४ रुपैयाँ बढेर २२.६४ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ छ।  
    समीक्षा अवधिमा बैंकले २ खर्ब २३ अर्ब ६४ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। 

    यता, कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकले ४३ करोड रुपैयाँ बढी खुदनाफा कमाएको छ।

    बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत त्रैमासको तुलनामा खराब कर्जामा सुधार भएको देखिन्छ। गत आर्थिक वर्ष ७९/८० को तेश्रो त्रैमासमा ३.२७ प्रतिशत रहेको खराब कर्जा चौथो त्रैमासमा घटेर २.९८ प्रतिशत रहेको छ। बैंकको बेसरेटसमेत तेश्रो त्रैमासको तुलनामा घटेको देखिन्छ। १२.५६ प्रतिशत रहेको बेसरेट घटेर ११.९३ प्रतिशत कायम भएको देखिन्छ।

    समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी बढेको छ। तर, सञ्चालन खर्च तथा इम्पेरमेन्ट चार्ज वृद्धि भएपछि नाफा घटेको हो। समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी ८.६५ प्रतिशतले वृद्धि भई २ अर्ब १६ करोड ५० लाख रुपैयाँ कायम भएको छ। बैंकको कूल सञ्चालन आम्दानी पनि ४.५५ प्रतिशतले वृद्धि भई २ अर्ब ४१ करोड ९४ लाख रुपैयाँ बढी पुगेको छ।

    उक्त अवधिमा बैंकले ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ खुदनाफा कमाएको छ। यद्यपि, अघिल्लो आवको तुलनामा भने बैंकको नाफामा २६.९३ प्रतिशतले कमी हो । अघिल्लो आवमा बैंकले ५९ करोड बढी नाफा कमाएको थियो ।

    यता, सञ्चालन नाफा भने २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख रुपैयाँ कायम भएको छ। बैंकको वितरणयोग्य नाफा ५ करोड ८० लाख रुपैयाँ छ।

    बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ छ। बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ राखेको छ। बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार