Sep 19 2024 | २०८१, असोज ३ गते

आँखा पाक्ने रोग फैलिएपछि धमाधम विद्यालयहरु बन्द गरि‌ं‌दै

आँखा पाक्ने रोग फैलिएपछि धमाधम विद्यालयहरु बन्द गरि‌ं‌दै

बाँके, रुपन्देही, पोखरा, चितवन, तनहुँ, सिन्धुली, कपिलवस्तु, उदयपुर, नवलपुर र धनकुटा क्षेत्रमा कैयौँ पालिकाले पठनपाठन बन्द गरेका छन्  । 

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • आँखा पाक्ने रोग फैलिएपछि धमाधम विद्यालयहरु बन्द गरि‌ं‌दै

    आँखा पाक्ने रोग फैलिन थालेपछि देशका विभिन्न ठाउँमा विद्यालयको पठनपाठन धमाधम बन्द गरिन थालिएको छ । बाँके, रुपन्देही, पोखरा, चितवन, तनहुँ, सिन्धुली, कपिलवस्तु, उदयपुर, नवलपुर र धनकुटा क्षेत्रमा कैयौँ पालिकाले पठनपाठन बन्द गरेका छन्  । 

    images
    images

    आँखा पाक्ने रोगको समस्या बढेपछि नेपालगन्जका निजी तथा संस्थागत विद्यालय बन्द भएका छन् । आँखा पाक्ने रोगका कारण विद्यार्थी अनुपस्थित हुन थालेपछि शुक्रबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । 

    नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले नगरका सम्पूर्ण विद्यालय बुधबारदेखि बन्द हुने बताए । यसै‌ंगरी आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि चितवनको भरतपुर महानगरपालिकाले पाँच दिन (२२ साउनदेखि २६)  सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालका अनुसार भरतपुर महानगरका सामुदायिक तथा संस्थागत विद्यालय, बालविकास केन्द्र तथा मन्टेस्वरी, किन्डर गार्डेन बन्द गर्न भनिएको छ । पछिल्लो केही दिन यता भरतपुर आँखा अस्पतालमा बिरामीको भिड पनि बढेको छ । 

    त्यस्तै, आँखा पाक्ने रोग फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेका पञ्चमुनीदेव मावि,  खैरेनी मावि, सरस्वती नमुना मावि, जनकल्याण मावि, हंसवाहिनी मावि र गाउँफर्कोदय माध्यमिक विद्यालयको पठनपाठन बन्द गरिएको छ ।  सरस्वती नमुना माविमा अध्ययनरत दुई  सय ७० विद्यार्थीमध्ये एक सय ५० मा आँखाको संक्रमण भएको प्रधानाध्यापक नारायण पौडेलले बताए । 

    यसैगरी, आँखा पाक्ने रोगको संक्रमण बढेपछि  धनकुटा बजारमा सञ्चालित संस्थागत विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यालयमा अध्ययनरत करिब ५० प्रतिशतभन्दा बढी विद्यार्थीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि पाँच दिनका लागि विद्यालयको पठन पाठन पूर्ण रूपमा बन्द गरिएको धनकुटा नगरपालिका–७ श्रीवानीस्थित तमोरभ्याली बोर्डिङ स्कुलका प्रिन्सिपल दुर्गा लुइँटेलले बताए । 

    चर्काे गर्मीका बीच कैलाली–कञ्चनपुरमा आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस फैलिएको छ । यस क्षेत्रमा साउन पहिलो सातादेखि संक्रमण सुरु भएकामा  अत्तरियास्थित गेटा आँखा अस्पताल र महेन्द्रनगरमा रहेको महेन्द्रनगर आँखा अस्पतालमा बिरामीको भिड बढेको छ । त्यसबाहेकका अन्य अस्पतालमा पनि आँखा पाक्ने समस्या लिएर बिरामी पुग्ने गरेका छन् । हाल सुदूरपश्चिमका पहाडी जिल्लामा पनि संक्रमण सुरु भएको छ ।

    महेन्द्रनगर आँखा अस्पतालका प्रमुख डा. खगेन्द्र उप्रेतीले चार सातादेखि आँखाका बिरामीको संख्या बढिरहेको बताए । उनका अनुसार आँखा पाक्ने समस्या अघि दैनिक एक सयदेखि दुई सय बिरामी आउने गरेकामा हाल दुई सयदेखि तीन सय बिरामी अस्पतालमा आउने गरेका छन् । 

    यसैंगरी लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासीमा आँखा पाक्ने रोग फैलिएको छ । त्यसबाहेकमा जिल्लामा पनि संक्रमण सुरु भएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, रण अम्बिका आँखा अस्पताल भैरहवाका सूचना अधिकारी प्रतीक पाण्डेका अनुसार पछिल्लो एक सातादेखि आँखा पाक्ने रोगका बिरामी ह्वात्तै बढेका हुन्  ।

    चिकित्सकहरूले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान-बेलुकी पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन्। आँखामा समस्या देखिएका व्यक्तिले चस्माको प्रयोग गर्न र भीडभाडमा नजान पनि आग्रह गरिएको छ । यस्तै, चिकित्सकको सल्लाह अनुसार उपचार गर्न पनि आग्रह गरिएको छ।
    यसैबीच दाङ, रुपन्देही नवलपसारी लगाएतका जिल्लामा पनि पालिकाहारुले विद्यालयमा एक साता विदा दिएका छन् ।
    आँखाका बिरामी तीव्र रुपमा बढेपछि पालिकाहरुले रोगको संक्रमण बढी फैलने डरका कारण विद्यालयमा बिदा दिएका हुन ।

    धेरै ठाउँमा प्रकोपको रुपमा सङ्क्रमण फैलिरहेकाले महामारी फैलिने खतरा रहेको भन्दै डाक्टरले सावधानी अपनाउन सुझाव दिएका छन् । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलका अनुसार अहिले आँखामा देखिएको सङ्क्रमण सरुवा रोग हो । यो रोगबाट जोगिन हातले आँखा नछुन, बारम्बार हात धुन र सङ्क्रमित बिरामीबाट टाढै रहन डाक्टरको सुझाव छ ।

     

    बिदाको दिनमा विद्यार्थीको सरसफाई, खानपिनमा ध्यान दिन र अन्य व्यक्तिहरूसँगको सम्पर्कमा जान नदिने कुरामा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    आँखा पाक्ने रोग लागि सकेपछि पटक–पटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात धुने गर्नुपर्ने सुझाव चिकित्सककाे छ । 

    उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा बिस्तारै फैलिदै गएको आँखा पाक्ने रोग अहिले जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी र बेलका क्षेत्रमा फैलिन थालेको छ ।

    आँखा पाक्ने रोग फैलिँदै जान थालेपछि सबैभन्दा बढी संक्रमित विद्यालयका विद्यार्थी र शिक्षक बन्न थालेका छन् । आँखा पाक्ने रोगका कारण जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रका धेरै सरकारी तथा निजी विद्यालयका विद्यार्थी र शिक्षक संक्रमित भएको यस क्षेत्रका विद्यालयका शिक्षकले बताएका छन् ।

    गाईघाट, पिशजोन विद्यालयका प्रिन्सिपल प्रभात कर्णका अनुसार आफ्नो विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी र सात शिक्षक आँखा पाक्ने रोगबाट संक्रमित भएका छन् ।

    यसै‌ंगरी शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाइ नगरपालिका भित्रका विद्यालय बन्द हुने भएका छन् । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि त्यसलाई न्युनिकरण गर्नका लागि सोमबारदेखि शुक्रबारसम्म  पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार