Sep 17 2024 | २०८१, असोज १ गते

फेसबुकबाट फ्रेन्ड रिक्‍वेस्ट पठाइ दुःख दिने पक्राउ

फेसबुकबाट फ्रेन्ड रिक्‍वेस्ट पठाइ दुःख दिने पक्राउ

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • फेसबुकबाट फ्रेन्ड रिक्‍वेस्ट पठाइ दुःख दिने पक्राउ

    अश्लिल फोटो र भिडियोमा पीडित नाबालिकाको अनुहार जोडी  सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गरी दुःख हैरानी दिने दुइजना युवाहरु पक्राउ परेका छन् । 

    images
    images

    शुरुमा उनीहरुले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेण्ड रिक्वेष्ट पठाई कुराकानी गर्दै जाने क्रममा नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अनलाइन अडियो र भिडियो कलको माध्यमद्वारा मानसिक तनाव दिन थालेका थिए । ततपश्चात पीडित नाबालिकाले  ब्लक गरी दिएका थिए ।  ब्लक पश्चात् सम्पर्क बिहिन भएपछि पीडकले अन्य अपरिचित व्यक्तिको एकाउन्टबाट दुःख दिन थालेका थिए । 

    अभिभावक सहितले प्रहरीमा रिपाेर्ट गरेपछि अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गा.पा. वडा नं. ९ बस्ने वर्ष १९ को समिर तामाङ र सोही वतन भएको सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।  उनीहरुलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको 'कसूरमा मुद्दा चलाइएकाे छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार