सदनमा भइरहेकाे अबराेधप्रति राष्ट्रपतिकाे चासाे
सदनमा भइरहेकाे अबराेधप्रति राष्ट्रपतिकाे चासाे
सभामुख र राष्ट्रियसभाका अध्यक्षकाे भेटवार्ता, सदनकाे गतिराेधबारे छलफल
सदनमा भइरहेकाे अबराेधप्रति राष्ट्रपतिले चासाे देखाएका छन ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामूहिक भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ ।
भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन भएका छलफल प्रयासबारे समेत जानकारी लिएका थिए ।
भेटमा सभामुख र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए ।