Sep 17 2024 | २०८१, असोज १ गते

रविको ब्लु बसकाे रंग परिबर्तन, सरकारले दियाे नयाँ रुट इजाजत

रविको ब्लु बसकाे रंग परिबर्तन, सरकारले दियाे नयाँ रुट इजाजत

“बसको अगाडिको वर्नटमा सेतो लगाएका छौँ। बसको दुवैतर्फ साइडमा धर्सा बनाएर मोडलिङ गर्दै सेतो, पहेँलो, गुलाबी र सिल्भर रङ लगाएका छौँ, जुन बिलबुक र जाँचपास प्रमाणपत्रमा उल्लेख भएको रङ हो,” उनले भने । यसअघि बसलाई पूरै नीलो बनाइएको थियो। नीलो मात्रै सञ्चालन गर्न नदिने अडान यातायात कार्यालयले राखेपछि बाध्य भएर रङ परिवर्तन गरिएको हो। यो समाचार गोरखापत्र दैनिकमा छ ।

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • रविको ब्लु बसकाे रंग परिबर्तन, सरकारले दियाे नयाँ रुट इजाजत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको क्षेत्रमा सञ्चालनमा रहेको ब्लु बसको बिलबुक अनुसारको रङ कायम गरिएपछि नयाँ रुट इजाजत प्रदान गरिएको छ।  

    images
    images

    यातायात व्यवस्था कार्यालय भरतपुरले ना ५ ख ३१३८ नम्बरको सो बसको रङ र रुटको समस्या समाधान गर्दै नयाँ रुटको अनुमति दिएको हो। कार्यालयका अधिकृत सुरेश चपाईका अनुसार बसलाई कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम गरिएको छ। 

    “बसले बिलबुक र प्राविधिक जाँच पासबुकमा भरिएको रङ अनुसार कायम गरेर आएपछि हामीले रुट इजाजत पनि परिवर्तन गरिदिएका छौँ,” अधिकृत चपाईले थपे, “अब गाडीको रुट कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम भएको छ।”

    सांसद लामिछाने निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा साउन १७ गते घोषणा भएको कार्यक्रममध्येको एक चितवन २ का महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन भएको हो।   बसधनी भीमबहादुर तामाङले आफूहरूले नबुझेर नै समस्यामा परेको बताए । 

    “बसको रुट अनुमति वीरगन्जदेखि नारायणगढ–पोखरा–बागलुङ थियो तर हामीले चितवनको भित्री सडकमा चलाउँदा समस्या हुँदैन होला भन्ने सोचेका थियौँ,” उनले भने। रङका सवालमा पनि बिलबुकमा भए अनुसार आफूहरूले परिवर्तन गरेको उनले जनाए । 

    “बसको अगाडिको वर्नटमा सेतो लगाएका छौँ। बसको दुवैतर्फ साइडमा धर्सा बनाएर मोडलिङ गर्दै सेतो, पहेँलो, गुलाबी र सिल्भर रङ लगाएका छौँ, जुन बिलबुक र जाँचपास प्रमाणपत्रमा उल्लेख भएको रङ हो,” उनले भने । यसअघि बसलाई पूरै नीलो बनाइएको थियो। नीलो मात्रै सञ्चालन गर्न नदिने अडान यातायात कार्यालयले राखेपछि बाध्य भएर रङ परिवर्तन गरिएको हो। यो समाचार गोरखापत्र दैनिकमा छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार