Sep 17 2024 | २०८१, असोज १ गते

संसद् निरन्तर अवरुद्ध गरेपछि एमाले एक्लियो : जितेन्द्र देव

संसद् निरन्तर अवरुद्ध गरेपछि एमाले एक्लियो : जितेन्द्र देव

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • संसद् निरन्तर अवरुद्ध गरेपछि एमाले एक्लियो : जितेन्द्र देव

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) एक्लिँदै गएको बताएका छन् ।

    images
    images

    शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले बिनाकारण संसद् बैठक अवरोध गर्ने कामलाई निरन्तरता दिएपछि प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत एमालेको साथ छोडेको दाबी गरे । 

    बुद्धिजिवी, मिडिया, अन्तर्राष्ट्रिय समुदायले समेत संसद् अवरुद्ध पार्ने एमालेको कामलाई साथ नदिएको उनको जिकिर थियो । सांसद देवले डेमोक्रेसीको प्राण वायु संसद् भए पनि एमालेले त्यसलाई चल्न नदिएर गम्भीर समस्या खडा गरेको आरोप लगाए ।

    सत्तारुढ दलले पाँच वर्ष नै सरकार चलाउने गरी मुलुकलाई राजनीतिक स्थायित्व दिइरहेका बेला प्रतिपक्ष एमालेले त्यसविरुद्ध अनेक चलखेल गर्नु उचित नभएको उनको तर्क थियो ।

    “पाँच वर्ष चल्ने कुरामा कुनै शंका छैन । देशमा राजनीतिक स्थिरता छ । जनताले चाहेको पोलिटिकल स्ट्याबिलिटी, अन्तराष्ट्रिय कम्युनिटीले चाहेको पोलिटिकल स्टयोबिलिटी, त्यो आज मुलुकमा छ,” उनले भने, “पाँच वर्षसम्म यो गठबन्धन दायाँबायाँ हुँदैन भन्ने स्थिति छ ।”

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार