Sep 17 2024 | २०८१, असोज १ गते

कक्षा १२ काे परीक्षाफलकाे अन्तिम तयारी गर्दै परीक्षा बाेर्ड

कक्षा १२ काे परीक्षाफलकाे अन्तिम तयारी गर्दै परीक्षा बाेर्ड

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • कक्षा १२ काे परीक्षाफलकाे अन्तिम तयारी गर्दै परीक्षा बाेर्ड

    राष्ट्रिय परीक्षा बाेर्ड ले कक्षा १२ काे परीक्षाफल निकाल्ने अन्तिम तयारी गरेकाे छ । परिषदका अनुसार अहिले तथ्यांक रुजु गर्ने काम भइरहेको छ । कुनै प्राविधिक कठिनाई नआए यस वर्षको कक्षा १२ को नतिजा २८ वा २९ गतेभित्र प्रकाशन गर्ने तयारी गरिएको छ । तर, केही प्राविधिक कठिनाई आए एक दुई दिन बढि लाग्न पनि सक्ने बताइएकाे छ ।

    images
    images

     राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले  परीक्षाफल साउनकाे अन्तिमसम्ममा आउनेछ । 

    उनले भने, ‘कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ।  अहिले परीक्षार्थीको प्राप्तांक रुजु भइरहेकाे छ ।'

    उनका अनुसार परीक्षामा करिब ४ लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५६ हजारभन्दा बढी परीक्षार्थीले नम्बर थोरै आएका विषयमा ग्रेड वृद्धि परीक्षा दिएका थिए। 

    परीक्षा ७७ वटै जिल्लाका १ हजार ४५३ परीक्षा केन्द्रबाट वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार