Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न अस्पताललाई आग्रह

महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न अस्पताललाई आग्रह

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न अस्पताललाई आग्रह

    चितवन । जिल्लामा रहेका सरकारी, निजी र सामुदायिक अस्पताल तथा प्रयोगशालाहरूलाई महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय चितवनले यस्तो आग्रह गरेको हो ।
     
    मौसम परिवर्तनसँगै जिल्लामा डेङ्गु, आँखा पाक्नेलगायतका रोगको तथ्याङ्कलाई छिटो छरितो ढङ्गबाट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन आग्रह गरिएको हो । कार्यालयले आज यहाँ जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पताल एवं प्रयोगशालाका प्रमुख एवं प्रतिनिधिलाई डाकेर सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले  छिटो छरितो सूचना सम्प्रेषण गरिदिन आग्रह गरेको हो ।
     
    सो अवसरमा कार्यालयका निमित्त प्रमुख इन्द्रमणि भण्डारीले मलेरिया, डेङ्गु, स्क्रबटाइफस, जापानिज इन्सेफ्लाइटिस, कोभिड जस्ता रोगहरू फैलिइरहेकाले महामारीको रूप लिन सक्ने भन्दै नियमित सूचना दिन आग्रह गरे । उनले भने, “नियमित रिपोर्टिङले तथ्याङ्क सङ्कलन र विश्लेषण गर्न सहज हुन्छ ।” सरकारी तथा निजी क्षेत्रबाट प्रभावकारी रिपोर्टिङ नहुँदा महामारी नियन्त्रणमा समस्या हुन सक्नेतर्फ उनले सचेत गराए । उनले थपे, “रोगको नियन्त्रणसँगै रोकथामका लागि समेत नियमित रिपोर्टिङ आवश्यक छ ।”
     
    अहिले दिइँदै आएको सूचनालाई अझै प्रभावकारी बनाउन सके प्रभावित क्षेत्रको पहिचान र त्यहाँ हुन सक्ने समस्या समाधानमा सरकारको ध्यान पु¥याउन सहज हुने कार्यालयका सूचना अधिकारी राम केसीले बताए । अहिले हप्ता÷पन्ध्र दिनमा तथ्याङ्क र जानकारी आउने गरेको भन्दै  दैनिकरूपमा पठाउन उनले आग्रह गरे । उनले भने, “समन्वयको कमीका कारण प्रभावितले समयमा उपचार नपाउने समस्या आउन सक्छ ।” अहिलेको समय किटजन्य रोगको समय भएकाले सबै अस्पताल, प्रयोगशालाहरूलाई सतर्कताका साथ तथ्याङ्क समयमा पठाउन उनले आग्रह गरे।
     
    निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले अहिले भइरहेको रिपोर्टिङलाई नियमितरूपमा व्यवस्थित बनाउँदै लैजाने बताए । भदौ र असोजमा जिल्लामा डेङ्गुको सङ्क्रमण फैलने गरेको भन्दै उनले सबैको सहयोगले मात्र नियन्त्रण सम्भव रहेको बताए ।
     
    जिल्लामा हाल उपचारका लागि आएका मध्ये ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ ।  पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ठेगाना नखुलेका छ र जिल्लाबाहिरका १७ जना रहेको केसीले जानकारी दिए ।

    images
    images
    images

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट