Sep 17 2024 | २०८१, असोज १ गते

एउटा होइन धेरै नाकाबाट सयौं केजी सुन आएको छ : ओली

एउटा होइन धेरै नाकाबाट सयौं केजी सुन आएको छ : ओली

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • एउटा होइन धेरै नाकाबाट सयौं केजी सुन आएको छ : ओली

    एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले एउटा होइन धेरै नाकाबाट सयौं केजी सुन आएको अरोप लगाएका छन् । 

    images
    images

    आइतवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले पछिल्लो समय धेरै राजस्व नउठ्नुले अन्य धेरै नाकाबाट सुन आएको पुष्टि भएको बताए ।  

    ‘देश यति अप्ठ्यारो र भयावह अवस्थामा छ ।  देशको सुशासन र अर्थतन्त्रमाथि प्रहार भइरहेको छ । मूल्यमान्यता सबैमाथि प्रहार भएको छ । नाकाबाट सय किलो सुन आएको छ । पास भएको छ । फेला परेको छैन’ ओलीले भने, ‘एउटा खानतलासीमा सय किलो सुन निस्कन्छ । यो चुस्की लिने । पार्टीगत पक्षधरताको कुरा हो र ? ‘संसद अवरोध हामीले गरेको होइन । एउटा नाका होइन अरू नाकाको अवस्था के छ ? भन्सारबाट कारोबार हुँदैन । अन्तैबाट कारोबार हुन्छ । के हो राम्ररी छानबिन हुनुपर्‍यो । सरकारको संलग्नता छैन भने  छानबिनबाट किन तर्सिन्छ ?  

    संसद् अवरोध आफूहरूले नगरेको जिकिर पनि ओलीले गरे ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार