Sep 17 2024 | २०८१, असोज १ गते

केपी ओलीको प्रश्न : छानबिन समितिमा हामीले एमालेका मान्छे राख्ने भनेको हो र ?

केपी ओलीको प्रश्न : छानबिन समितिमा हामीले एमालेका मान्छे राख्ने भनेको हो र ?

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • केपी ओलीको प्रश्न : छानबिन समितिमा हामीले एमालेका मान्छे राख्ने भनेको हो र ?

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । आज (आइतबार) एमाले मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो माग गरेका हुन् ।

    images
    images

    उनले भने–‘छानबिन समिति भनेको एमालेले आफ्ना मान्छे राखेर भनेको हो र ? हामीले त न्यायिक छानबिन भनेको हो । एसपीको नेतृत्वमा अनुसन्धान गरेपछि एसएसपीले निर्देशन दिएपछि एसपीले आदेश पालना गर्नुपर्छ । देश यति गम्भीर अवस्थामा पुगेको छ । त्यसैले गम्भीर हुनुपर्छ ।’ उनले अहिले ‘गोल्डेन–टच’ भैरहेको प्रसंँग सुनाए । उनले भने,‘जे आएपनि सुन, आईफोन पनि सुन । ब्रेक–सु सुन । भन्सारबाट त अहिले जे आएपनि सुन । हामी सबै गम्भीर हुनुपर्छ । यो देश रित्याउने मामिला हो । यसबाट हामीले देशलाई बचाउनैपर्छ । त्यसकारण यो पक्ष वा त्यो पक्ष नभनौं ।’

    उनले सुन तस्करी प्रकरणमा निश्पक्ष छानबिनको मागलाई दोहोर्याए । उनले भने,‘टप्पो टुप्पोमात्रै हेरेर हुँदैन, जरोसम्मै पुग्नुपर्छ । अहिले हेर्नुहोस त एक जना नेताले २३४ पटक कुनै गिरोहसँग लगातार सम्वाद गरेको कुरा बाहिर आएको छ ।’

    अध्यक्ष ओलीले सम्बोधन गर्नुअघि पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रेस वक्तव्य वाचन गरेका थिए । सो क्रममा उनले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको र यही सरकार रहे मुलुक असफल राष्ट्र बन्ने दाबी गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार