Sep 19 2024 | २०८१, असोज ३ गते

कैदी मृत्यु प्रकरण : ५ दिन बित्दा पनि आफन्तले शब बुझेनन्

कैदी मृत्यु प्रकरण : ५ दिन बित्दा पनि आफन्तले शब बुझेनन्

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • कैदी मृत्यु प्रकरण : ५ दिन बित्दा पनि आफन्तले शब बुझेनन्

    संखुवासभा । जिल्ला कारागार संखुवासभामा बुधबार राति कुटपिटबाट मृत्यु भएका दुई कैदीको शव आफन्तले बुझ्न मानेका छैनन्।  शनिबार आफन्तको किटानी जाहेरीपछि शवको पोष्टर्माट गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझेनन्। 

    images
    images

    पीडितले किटानी जाहेरी दिएका आधारमा कारागारमा खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेको नाम मात्र जिल्ला प्रहरी कार्यालयले शनिबार दिउँसो नाम सार्वजनिक गरेको थियो। शुक्रबार जिल्ला प्रशासन कार्यालय र पीडित पक्षबीच शुक्रबार भएको समझदारीमा पोष्टर्माटमा पछि घटनामा संलग्नहरूको नाम सार्वजनिक गर्ने सहमति भएपनि प्रहरी कार्यालयले झारोटार्ने गरी दुई जनाको मात्र नाम सार्वजनिक गरेको मृतक विनोद तोलाङ्गीकी दिदि भिमा रम्तेलले बताइन्। 

    रम्तेलले भनिन्, 'घटना घटेको चार दिनसम्म दोषीलाई सार्वजनिक नगर्नु राज्यको गैरजिम्मेवारी हो। सुरक्षा घेराभित्रको घटनाको छानविन गर्न नसक्नेले कसरी बाहिरको छानविन गर्नसक्छ।' अनुसान्धान टोलीले सीसी फुटेज बरामद गरे पनि घटनामा संलग्नलाई सार्वजनिक गर्न ढिलाई गर्नु शंकास्पद रहेको पीडितको गुनासो छ। सीसी फुटेजका आधारमै कैदीलाई प्रहरीले कुटपिट गरेको तथ्य बाहिरिएको थियो। 

    कागारको तल्लो ब्लकको झ्यालको रड काटेर भाग्ने क्रममा डीउटीमा रहेका प्रहरीले कारागार प्रशासनमा जानकारी गराई बाहिर निस्किएका कैदीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा कुटपिट गरिएको थियो। प्रहरीले कुटपिट गरेपछि दुबै कैदीलाई पुनः उनीहरू बस्ने ब्लकमा बुझाइएको र त्यसपछि कुटपिट गरी सख्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ। घाइते कैदीहरूको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो। 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार