Sep 17 2024 | २०८१, असोज १ गते

कांग्रेस दुई कित्तामा विभाजित : उच्चस्तरीय छानबिन समिति गठन गर्न शेखर पक्षकाे माग

कांग्रेस दुई कित्तामा विभाजित : उच्चस्तरीय छानबिन समिति गठन गर्न शेखर पक्षकाे माग

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • कांग्रेस दुई कित्तामा विभाजित :  उच्चस्तरीय छानबिन समिति गठन गर्न शेखर पक्षकाे माग

    काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक रहेको बताएका छन् ।

    images
    images

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै दुई सातादेखि संसद् अवरुद्ध पारिरहेको छ । तर सत्ता गठबन्धन र सरकारले भने त्यस्तो छानबिन समिति बनाउन आवश्यक नरहेको दाबी गरिरहेका छन् । नेता कोइरालाले भने एमालेकै लाइनमा उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा धारणा राखेका छन् ।

    त्यसबारे छलफल गर्न बसेको पार्टीको संसदीय दलको बैठकमा नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनिसकेको दाबी गर्दै त्यसबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति जरुरी रहेको दाबी गरे ।

    ‘सुन तस्करीका विषयमा हामी गम्भीर भएर सोच्नु आवश्यक छ । जो व्यक्ति प्रधानमन्त्रीको निजी सचिव थियो, उसलाई राजस्व अनुसन्धानको प्रमुख बनाएर ७ दिन अघि पठाइन्छ, ऊ जाने बित्तिकै सुन समातिएको छ, त्यसपछि त्यसको अनुसन्धान गर्न सीआईबीलाई दिन आनाकानी भएको छ,’ नेता कोइरालाले भने, ‘त्यसपछि के के भइरहेको छ ? हामी सबैलाई थाहै छ । नेपाल सुन तस्करीको अखडा पहिल्यै भइसकेको छ । यसलाई रोक्ने हो भने उच्चस्तरीय छानबिन समिति बनाएर यसको जरोसम्मै छानबिन हुनु आवश्यक छ । यसबारे पार्टीले गम्भीर भएर सोच्नु आवश्यक छ ।’

    नेता कोइरालाले भारतमा सुनको प्रयोग र वैधानिक कारोबारको अवस्था सुनाउँदै नेपाल भएर भारतमा सुन तस्करी भइरहेको दाबी गरे । नेपाली कांग्रेसका नेता डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जातको आधारमा राज्य बाँड्छु भनेर बोल्ने अधिकार नभएको बताएका छन् । आइतबार संसदीय दलको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको हैसियतमा यस्तो अभिव्यक्ति अस्वभनीय भएको उनले बताए ।

    बैठकमा सहभागी एक सांसदका अनुसार शेखरले आदिवासी जनजाति दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले बोलेको विषयमा आपत्ति जनाए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार