images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

प्रदेशसभा बैठक तत्काल बोलाउन माग

प्रदेशसभा बैठक तत्काल बोलाउन माग

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • प्रदेशसभा बैठक तत्काल बोलाउन माग

    बागमती । बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । एमाले संसदीय दलले आज प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको हो । 

    images
    images
    images

    “गत असार २१ गते अर्को सूचना नआउञ्जेल सम्मका लागि भनेर स्थगित गरिएको प्रदेशसभाको बैठक झन्डै डेढ महिना हुँदा पनि बस्न सकेको छैन”, नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले भने, “नागरिकहरु रोग र भोकसँग मात्र हैन विपद्सँग पनि लडिरहेका छन् । बाढीपहिराले जताततै क्षति पु-याइरहेको छ, दैनिक उपभोग्य वस्तुहरुको महँगी बढेर नागरिकहरु तड्पिरहेका छन् ।”

    उनले अधिकांश मन्त्रीहरु राजधानी हेटौँडा नबस्ने तथा जनताका समस्यामा भाग्ने गरेको आरोप लगाए । “प्रदेशसभा सदस्यहरु जनताका आवाज बोल्न चाहन्छन् । तर, सरकार प्रदेशसभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन । गर्नुपर्ने धेरै कामहरु छन् तर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित छ, प्रदेशसभालाई विजनेस दिन सकिरहेको छैन”, उनले भने । 

    सो अवसरमा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले चामलको भाउ जनताले थेग्नै नसक्ने गरी बढ्दासमेत सरकारले ध्यान नदिएको बताए । प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले जनताका समस्या समाधानमा सरकारको ध्यान जान नसकेको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार