Dec 09 2024 | २०८१, मंसिर २४ गते

images

जनताले महसुस हुनेगरी कर्णाली प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री कँडेल

जनताले महसुस हुनेगरी कर्णाली प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री कँडेल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ७ २०८१
  • जनताले महसुस हुनेगरी कर्णाली प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री कँडेल

    जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

    images
    images
    images

    आज जुम्लास्थित नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जिल्ला भ्रमणमा पुगेर जनताका समस्या सुनी उनीहरूको अपेक्षालाई योजनामा समेट्ने काम गरिरहेको उल्लेख गरे ।
     
    प्रदेशमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन प्रतिबद्ध रहेको उनको भनाइ छ । आफ्नो नेतृत्वमा प्रदेश सरकारले सेवाग्राहीलाई केन्द्रमा राखेर योजना बनाउने र कार्यान्वयन गरिरहेको उनले बताए । मुख्यमन्त्री कँडेलले भने, “योजना किनबेचको विषय होइन, यो सेवाग्राहीको हो । योजना निर्माण र कार्यान्वयनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्याय हुनुहुँदैन ।”

     जनताले चाहेका र जीवनस्तर सुधार गर्नसक्ने योजना मात्र ध्यानमा राखेर प्रदेश सरकारले काम गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ । “विकास निर्माणलाई मात्र होइन, सुशासन र पारदर्शीताका पक्षमा पनि सरकारलाई सचेत बनाइएको छ”, उनले भने । 

    कर्णाली प्रदेशको विकासका लागि दीर्घकालीन योजना बनाउने र ती योजनालाई जनताको आवश्यकतासँग समाहित गराउने नीति प्रदेश सरकारले अवलम्बन गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट