Sep 19 2024 | २०८१, असोज ३ गते

सप्तकोशी नदीमा ३४ वर्ष यताकै धेरै पानी, ब्यारेजका ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा ३४ वर्ष यताकै धेरै पानी, ब्यारेजका ५६ वटै ढोका खोलियो

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • सप्तकोशी नदीमा ३४ वर्ष यताकै धेरै पानी, ब्यारेजका ५६ वटै ढोका खोलियो

    काठमाडौ । सप्तकोशी नदीमा पछिल्लो ३४ वर्ष यताकै उच्च पानी बगेको छ ।

    images
    images

    पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको छ । सप्तकोशी नदी स्थित कोशी नदीमा बिहान ४ बजे ४ लाख ६२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगेको छ । अहिले भने पानीको मात्र घट्दै गइरहेको छ । बिहान ६ बजे गरिएको मापन अनुसार कोशीमा ४ लाख ५२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

    अहिले कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्यसेक पानी प्रति सकेकेण्ड बगेको रेकर्ड छ । कोशी व्यारेजमा पानीको मात्रा बढेपछि व्यारेज हुँदै आवत जावत बन्द गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार