Sep 17 2024 | २०८१, असोज १ गते

जनमत पार्टी फेरि सरकारमा सामेल, मन्त्री अनितादेवीले लिइन् शपथ

जनमत पार्टी फेरि सरकारमा सामेल, मन्त्री अनितादेवीले लिइन् शपथ

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • जनमत पार्टी फेरि सरकारमा सामेल, मन्त्री अनितादेवीले लिइन् शपथ


    काठमाडौं । जनमत पार्टीबाट मन्त्री बनेकी अनितादेवी साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथ ग्रहण गराएका हुन् ।

    images
    images

    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

    मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै गत चैत १७ गते सत्ता छाडेको जनमत पार्टी फेरि सरकारमा सामेल भएको हो । उसले प्रतिनिधिसभामा समानुपातिक सांसद साहलाई सरकारमा पठाएको हो । उनले सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने छिन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी पदाधिकारी बैठकले आफ्नै दलका मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएर उनले सम्हालेको सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी जनमत पार्टीलाई दिने निर्णय गरेको थियो ।

    पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिए पनि जनमत पार्टीले समर्थन भने फिर्ता लिएको थिएन । पार्टीले एकसाता अघि नै सरकारमा सामेल गर्न साहको नाम प्रधानमन्त्रीलाई नाम पठाएको थियो । पुस १० गते प्रधानमन्त्री बनेका दाहालको मन्त्रिपरिषद फेरबदल भएको यो १२औँ पटक हो ।

    जनमत पार्टीबाट खानेपानीमन्त्री भएका अब्दुल खानले आफूहरुले दाबी गरेको मन्त्रालय नपाएको भन्दै गत चैत १७ गते राजीनामा दिएका थिए । त्यसबेला जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गरेको थियो । 

    सामान्य प्रशासनमन्त्रीबाट फिर्ता बोलाइएका माओवादी केन्द्रका सांसद मोदी माघ ३ गते मन्त्री नियुक्त भएका थिए । उनी मोरङ- ४ बाट प्रत्यक्ष निर्वाचित पार्टीका सांसद हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार