Sep 17 2024 | २०८१, असोज १ गते

प्रतिनिधिसभा बैठक बस्दै, एमालेकाे अवराेध कायमै रहने

प्रतिनिधिसभा बैठक बस्दै, एमालेकाे अवराेध कायमै रहने

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • प्रतिनिधिसभा बैठक बस्दै, एमालेकाे अवराेध कायमै रहने

    काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

    images
    images

    बैठकमा प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।

    यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची छ ।

    यसैगरी, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनका लागि प्रतिनिधिसभा सदस्य डा. सुनील शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराइने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदन समक्ष प्रस्तुत गरिनेछ ।

    बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने र सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ को उपनियम १ बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची छ ।

    आज पनि सदनमा एमालेकाे अबराेध रहने जनाइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार