Sep 17 2024 | २०८१, असोज १ गते

बालुवाटार जग्गा प्रकरणमा भइरहेको छानबिनमा सघाउछु : माधवकुमार नेपाल

बालुवाटार जग्गा प्रकरणमा भइरहेको छानबिनमा सघाउछु : माधवकुमार नेपाल

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • बालुवाटार जग्गा प्रकरणमा भइरहेको छानबिनमा सघाउछु : माधवकुमार नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा भइरहेको छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

    images
    images

    स्वीट्जरल्यान्ड भ्रमणबाट फर्किएपश्चात् विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफूबाट कुनै पनि गलत काम नभएको दाबी गरे ।

    नेपालमा विकसित घटनाक्रमपछि आफूले भ्रमण छोट्याएर आएको नेपालले प्रष्टीकरण दिए । नेपालका अनुसार उनले पूर्वनिर्धारित दुई वटा देशको भ्रमण रद्द गरेर आएका हुन् । ‘परिस्थिति र परिबन्द त्यस्तै पर्‍यो । हतारिए होइन, चुनौतीको सामना गर्ने किसिमले आएँ । हिजो अस्ति नै आउँथे । तर टिकटै नपाइने बढो गाह्रो हुँदोरहेछ ।’

    राष्ट्रिय राजनीतिमा जटिलताहरू देखा पर्न थालेका छन् भन्ने फ्याक्टरले पनि आफू छिटो फर्किन उत्प्रेरित भएको उनले बताए ।

    ‘म आउँदा सजिलो हुन्छ भन्ने कुराहरू आइरहेको हुनाले सबै कुरालाई ध्यानमा राखेँ । जानलाई त पछि कुनै कार्यक्रम तय गरेर फेरि पनि जान सकिन्छ । खास–खास बेलामा खास नेताहरूको आवश्यकता पर्छ भन्ने कुरालाई ध्यानमा राखेर आइपुगेको छु,’ उनले भने । आफू ‘नबिराउनु नडराउनु’ भन्ने मान्यतामा रहेको नेपालले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार