Sep 17 2024 | २०८१, असोज १ गते

कांग्रेसको संसदीय दलको बैठक जारी

कांग्रेसको संसदीय दलको बैठक जारी

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • कांग्रेसको संसदीय दलको  बैठक जारी

    सत्तारूढ नेपाली कांग्रेसको संसदीय दलको तेस्रो दिनको बैठक आज पनि बसिरहेको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा कांग्रेस दलको निर्णायक बैठक बसिरहेको हो । 

    images
    images

    आज पदाधिकारीले बोलेपछि बैठक सकाउने तयारी छ । अहिले महामन्त्री गगन थापासहितका पदाधिकारी बोल्दैछन् । 

    कांग्रेसले अवरुद्ध संसद्, संसदमा विचाराधीन विधेयक, सरकारका काम कारवाही, नागरिक सरोकारका विषय र शैक्षिक प्रमाणपत्र किर्ते आरोपमा मुछिएका सांसद सुनिल शर्माबारे निर्णय गर्दैछ ।  

    शर्मा पक्राउ परेलगत्तै प्रतिशोध साँधिएको भन्दै कांग्रेसकै सांसदबाट सरकारको कदमको आलोचना भएको थियो । 

    तर, शर्मा एमाले अध्यक्ष केपी ओलीको निवास गएको र कांग्रेसकै मन्त्रीमाथि जथाभाबी बोल्न थालेपछि उल्टै आलोचना भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार