Sep 17 2024 | २०८१, असोज १ गते

मुगु जिप दुर्घटना स् हुम्लाका चार यात्रुको मृत्यु 

मुगु जिप दुर्घटना स् हुम्लाका चार यात्रुको मृत्यु 

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • मुगु जिप दुर्घटना स् हुम्लाका चार यात्रुको मृत्यु 

    सिमकोट । मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो)दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन् । सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटना भएको थियो ।  मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । 

    images
    images

    उनका अनुसार सो जिपमा चालकसहित नौ जना सवार रहेका  थिए ।  प्रनाउ बस्नेतले भने, “मृतकमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार, पिउस परियार भएको शोरु प्रहरी चौकीले सनाखत गरेको छ ।”

    जिपमा सवार हुम्लाका पाँच जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको हो ।  उक्त जिपमा चालकसहित नौ यात्रु रहेका बताइएको छ । जिप दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार