Sep 17 2024 | २०८१, असोज १ गते

नक्कली भुटानी शरणार्थी प्रकरण: उजुरी थपिए, अरु नेताहरु तानिएलान् ?

नक्कली भुटानी शरणार्थी प्रकरण: उजुरी थपिए, अरु नेताहरु तानिएलान् ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • नक्कली भुटानी शरणार्थी  प्रकरण: उजुरी थपिए, अरु नेताहरु तानिएलान् ?

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यमा ठगी गरेको भन्दै थप १८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् ।  

    images
    images

    काठमाडौँमा सानु भण्डारी, केशव दुलाल समेतको संयुक्त मिलेमतोमा अमेरिका लैजाने बहानामा ठगी गरेको भन्दै लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँ लगायतका जिल्लाहरुका १८ जना पीडितहरुले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका हुन् ।  

    उजुरीमा करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको दाबी गरिएको छ भने ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी परेको छ । 

    उक्त सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरु आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ । 
    यो प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायत अहिले पुर्पक्षमा रहेका छन् । उनीहरुले यसअघि नै दजैनौँ पीडितको उजुरीको आधारमा पक्राउ परेका थिए । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार