Sep 17 2024 | २०८१, असोज १ गते

केशव स्थापितले दिएको राजीनामा स्वीकृत

केशव स्थापितले दिएको राजीनामा स्वीकृत

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • केशव स्थापितले दिएको राजीनामा स्वीकृत

    काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्य पदबाट केशव स्थापितले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको छ । सोमबार बसेको एमाले सचिवालय बैठकबाट उनको राजीनामा स्वीकृत गरिएको एक नेताले जानकारी दिए ।

    images
    images

    “उहाँ (केशव स्थापित)ले मैले पार्टीको काम गर्न भ्याइनँ भनेर राजीनामा दिनुभएको रहेछ,” एक नेताले भने । 

    उनले केही समयअघि राजीनामा दिएका थिए । गएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उनी पराजित भएका थिए ।

    एमालेले अर्का केन्द्रीय सदस्य प्रमोदनारायण यादवलाई पनि पार्टीबाट निष्कासन गरेको छ । सोही सचिवालय बैठकबाट उनलाई बिदा गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । सिरहाका यादव पार्टीमा निष्क्रिय रहेकाले निकालिएको बताइएको छ ।

    स्थापित र यादवको रिक्त स्थानमा केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको गौतमले जानकारी दिए । यस्तै, बिदामा रहेका स्थायी कमिटी सदस्य मणि थापासित सोधपुछ गर्ने निर्णय पनि सो बैठकबाट गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार