Sep 17 2024 | २०८१, असोज १ गते

दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै

दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै

    खलङ्गा । दार्चुला जिल्ला अदालतमा  सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक  महिनामा उक्त रहेका सम्बन्धविच्छेदका मुद्दाको तथ्याङ्कले त्यस्ता मुद्दाको सङ्ख्या बढ्दै गएको देखाएको हो । गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका मुद्दाहरुमध्ये २४ दशमलव ८७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदसम्बन्धी थिए भने चालु आर्थिक वर्षको एक महिनामा यस्ता मुद्दाको प्रतिशत ३६ दशमलव ३६ प्रतिशत पुगेको छ ।

    images
    images

    गत आर्थिक वर्षमा दर्ता भएका दुई सय पाँचमध्ये ५१ मुद्दा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा रहेको अदालतका सूचना अधिकारी गणेशबहादुर बिष्टले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा ४६ मुद्दा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका हुन् भने पाँच मुद्दा नयाँ रहेका छन् । त्यस्तै   चालु आर्थिक वर्षको दुई महिनामै आठ नयाँ मुद्दा दर्ता भएका छन् ।

    चालु आर्थिक वर्षको  दुई महिनामा आठ नयाँ र १३ गत वर्षबाट जिम्मवारी सरी आएका गरी २१ सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको  सूचना अधिकारी विष्टले बताए । आव २०७८/७९ मा भने सम्बन्धविच्छेदसम्बन्धी ४७ मुद्दा थिए । गत वर्ष एकजोडीले मुद्दा फिर्ता लिएकै दोस्रो दिन पुनः सम्बन्धविच्छेदका लागि निवेदन दिएर सम्बन्धविच्छेद गराएका थिए ।   सम्बन्धविच्छेदका लागि  पुरुषभन्दा महिलाहरुले बढी मुद्दा दिएको पाइएको छ ।

    अदालतका अनुसार आव २०७९/८० मा अभिलेख कायम गरिएका ४९ सम्बन्धविच्छेदका मुद्दाहरुमध्ये ६५ प्रतिशतभन्दा बढी (३३जना)महिलाहरुका तर्फबाट उजुरी परेका थिए भने पुरुषहरुको सङ्ख्या १६ मात्रै रहेको  थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार