Sep 17 2024 | २०८१, असोज १ गते

नेविसंघ भित्र चरम विवाद : केन्द्रीय सदस्यहरुले धमाधम जिम्मेवारी अस्वीकार गर्न थाले

नेविसंघ भित्र चरम विवाद : केन्द्रीय सदस्यहरुले धमाधम जिम्मेवारी अस्वीकार गर्न थाले

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • नेविसंघ भित्र चरम विवाद : केन्द्रीय सदस्यहरुले धमाधम जिम्मेवारी अस्वीकार गर्न थाले

    काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन (नेविसंघ)को विवाद बढ्दो छ । विवाद बढ्दै गएपछि पछिल्लो समय मनोनीत केन्द्रीय सदस्यहरुले धमाधम जिम्मेवारी अस्वीकार गरिरहेका छन् ।

    images
    images

    मंगलबार एक विज्ञप्ति जारी गर्दै नेविसंघका केन्द्रीय सदस्यद्वय एलिजा ढकाल र मुकेश घिमिरेले समितिमा नबस्ने घोषणा गरेका हुन् । संगठनमा योगदानका आधारमा भन्दा व्यक्तिगत निगाहमा पद बाँड्न थालिएको भन्दै उनीहरुले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका हुन् । उनीहरु दुवैजना नेपाली कांग्रेसको संस्थापनइतर पक्षका हुन् ।

    त्यस्तै केन्द्रीय सदस्यमा मनोनीति मनिष डंगोलले पनि पद अस्वीकार गरेका छन् । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अंशुल केसीलाई काठमाडौंको अध्यक्षमा मनोनीत गरेपछि नेविसंघमा विवाद बढेको हो ।

    यसअघि काठमाडौं अध्यक्ष रहेका मनीष डंगोललाई हालै केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । उनी माथिल्लो तहमा गएकाले अध्यक्ष रिक्त रहेको भन्दै अध्यक्ष दुजाङले साउन २५ गते अंशुललाई काठमाडौं अध्यक्षको जिम्मेवारी दिएका थिए । तर, मनीषले आफूसँग सल्लाह नगरी केन्द्रीय सदस्यमा मनोनीत गरेको भन्दै पद अस्वीकार गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार