Sep 17 2024 | २०८१, असोज १ गते

१७ बर्षअघिकाे त्याे हत्याकाण्ड : जसले उपेन्द्रलाई झस्काउछ

१७ बर्षअघिकाे त्याे हत्याकाण्ड : जसले उपेन्द्रलाई झस्काउछ

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • १७ बर्षअघिकाे त्याे हत्याकाण्ड : जसले उपेन्द्रलाई  झस्काउछ

    आजभन्दा १७ बर्षअघि नेपालमा भएको एउटा हत्याकाण्ड फेरि चर्चामा छ । रौतहटको गौरमा २०६३ साल चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तात्कालिक मधेशी जनअधिकार फोरम र तात्कालिक नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले झडपको रूप लियो र सो झडपमा परी २७ जनाले ज्यान गुमाए, त्यसमध्ये २४ जना माओवादी कार्यकर्ता थिए ।

    images
    images

    घटनाबारे मृतकका परिवारले सोही वर्ष चैत २८ गते प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए । जाहेरी परे कसैलाई पक्राउ गरिएन । किनकी त्यो राजनैतिक पार्टीहरुबीचको झगडा थियो । विद्रोहको रापतापबाट खुल्ला राजनीतिमा आएको माओवादी मुलधारका पार्टीहरुसँग उठबसमा थियो, मधेस आन्दोलन चलाइरहेको मधेसी जनअधिकार फोरममा वेग्लै आकर्षण थियो ।

    घटनापश्चात् विभिन्न समूहबाट विभिन्न छानविन भए, सरकारबाट पनि छानविन समिति बनाइयो तर ती सबै छानविनको प्रतिवेदन रद्दिको टोकरीमा राखियो । राष्ट्रिय मानव अधिकार आयोगले पनि प्रतिवेदन निकाल्यो जसमा तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवलाई दोषी ठहर गरिएको छ । गत जेठ १६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गौर घटनाबारे अनुसन्धान गर्ने घोषणा गरेका थिए ।

    राष्ट्रिय मानव अधिकार आयोगको ठहर अनुसार १०–१२ दिनअघि नै फोरमले उक्त स्थानमा कार्यक्रम गर्ने घोषणा गरेकोमा दुई दिनअघि मात्रै माओवादीको भातृसङ्गठनले त्यही स्थान रोज्नाले पनि भिडन्तको अवस्था उत्पन्न भएको थियो । तर माओवादी कार्यकर्ताको हत्या गर्नेसम्मको योजना बनाउने विषयमा यादव नै मुख्य दोषी रहेको ठहर गरिएको छ । त्यसमा देशभित्र र देशबाहिरका युवाहरु प्रयोग भएको देखिएको कतिपय अनुसन्धानले देखाएको छ ।

    यससँगै रौतहटमा आन्दोलन सुरु भयो । गौर हत्याकाण्डबारे अनुसन्धान हुनुपर्ने माग राख्दै जिल्लामा सुरु भएको धर्ना र जुलुसमा प्रभु साहको भूमिका रहेको जसपा नेताहरूले ठाने । गौर हत्याकाण्ड हुँदा साह माओवादीको मधेसी मुक्ति मोर्चाको अध्यक्ष थिए । साह र उपेन्द्र यादवबीचको सम्बन्ध तिक्ततापूर्ण छ । माओवादी निकट र प्रभु साह निकट व्यक्तिहरुले आन्दोलन सुरु गरेपछि अर्को समूहले प्रभु साहविरुद्ध नै प्रदर्शन सुरु गर्यो । वीरगन्जका काशीनाथ तिवारीको हत्यामा संलग्न भन्दै साहमाथि कारबाहीको माग गर्दै भएका प्रदर्शनलाई अघिल्लो प्रदर्शनको प्रतिक्रिया मानिएको छ ।

    यो निर्णयले सत्ता गठबन्धनभित्रै आशङ्का उत्पन्न भएको छ । १७ वर्ष अघिको सो काण्डको छानबिनमा जसपाका जिल्ला तहदेखि केन्द्रसम्मका नेताहरु तानिने भएपछि जसपा तरंगित भएको हो ।

    आन्दोलनरत पक्ष र सरकारबीच वार्ता भयो, पाँच बुँदे सहमति पनि भयो । सहमतिसँगै भुटानी शरणार्थी, ललिता निवास जग्गा अपचलन र सुन तस्करी प्रकरणपछि गौर हत्याकाण्डको फाइल खोल्ने सरकारले निर्णँय पनि गर्यो । सहमति अनुसार पुरानो जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनबमोजिम कारबाहीको प्रक्रियामा अगाडि बढाउने तयारी सरकारले गरेको छ ।

    यो निर्णयले सत्ता गठबन्धनभित्रै आशङ्का उत्पन्न भएको छ । १७ वर्ष अघिको सो काण्डको छानबिनमा जसपाका जिल्ला तहदेखि केन्द्रसम्मका नेताहरु तानिने भएपछि जसपा तरंगित भएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरिसकेका छन् ।

    जसपाका नेताहरुले सरकारले आन्दोलनरत पक्षसँग गरेको सहमतिप्रति असन्तुष्टि जनाएका छन् । जसपाका नेता प्रदीप यादवले भने, “सहमतिले हामीलाई झस्काएको छ, गम्भीर तुल्याएको छ । यसलाई सामान्य रूपमा लिएका छैनौँ ।”जानकारहरूले बताएअनुसार जसपा अध्यक्ष उपेन्द्र यादवको नाम पनि जाहेरी छ । तर यावदको नाम फिर्ता लिने सर्तमा प्रधानमन्त्री अनुसन्धान अघि बढाउन तयार भएको वार्ता प्रक्रियामा संलग्नहरूले जनाएका छन् ।

    तर सांसद यादवले आफ्नो पार्टीको नेतृत्वलाई नै घटनामा मुछ्ने ‘षड्यन्त्र’ भइरहेको बताएका छन् । “यताउति सोच्नैपर्दैन, उपेन्द्रजीविरुद्ध नै षड्यन्त्र भइरहेको छ,” उनले भने, “षड्यन्त्रकारी कोको हो, पर्दाको पछाडि को छ, पर्दाको अगाडि को छ भन्ने हामीले सूक्ष्म रूपमा हेरिरहेका छौँ । सामान्य मान्छे त पक्कै लागेको छैन ।”

    जसपा यो प्रकरणलाई लिएर आतंकित भएको छ । उसको पदाधीकारी बैठक पनि बसेको थियो बुधबार । सरकार छोड्नेसम्मको धम्की केहि नेताहरुले दिइरहेका छन् । गत मंगलबार साँझ जसपाका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका थिए । यसलाई जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेले जसपा, राप्रपा लगायतको साथ लिएर फेरि सरकार गठनको कसरत गर्ने रुपमा अथ्र्याइएको छ ।

    त्यसपछि प्रधानमन्त्री प्रचण्ड र यादवबीच पनि छलफल भइसकेको छ । यावदलाई पक्राउ पर्ने डर भइरहेको समयमा प्रचण्डले पक्राउ नगर्ने विषयमा आश्वस्त पारेको स्रोत बताउँछ । तर एकजना माओवादी नेताका अनुसार प्रचण्डलाई उपेन्द्रले सरकार छाड्ने धम्की दिएको तर प्रचण्डले जसपाले साथ छोडे राप्रपालाई भित्र्याउने योजना सुनाएका छन् ।

    गौर हत्याकाण्डमा घटनामा संलग्न भनेर जाहेरीमा नाम किटिएका र त्यस बेला फोरमसँग आबद्ध व्यक्तिहरू अहिले विभिन्न दलमा छन् । गृह मन्त्रालयले गौरमा मारिएकाहरूका परिवारसँग सहमति गर्ने वा गरेको थाहा पाएपछि कतिपय आरोपितहरू काठमाण्डौं आएका छन् ।

    गौर हत्याकाण्डकाे अनुसन्धान अघि बढाउने सरकारकाे तयारी पछि उपेन्द्र झस्किएका छन र, अहिले याे अनुसन्धान नगर्न दबाव उत्तिकै दिइरहेका छन । भित्रभित्र सत्तारुढ दलबीच अनुसन्धान अघि नबढाउने सहमति जुटेकाे बुझिन्छ तर जतिबेला पनि सरकारले उपेन्द्र यादवलाई निउँ खाेजेकाे बेलामा याे काण्ड उठाएर तर्साउन खाेज्ने खतरा छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार