Sep 17 2024 | २०८१, असोज १ गते

दाइजो नपाएपछि आरती साहकाे हत्या : ६२ दिनदेखि परिवार न्यायकाे लडाइँमा

दाइजो नपाएपछि आरती साहकाे हत्या : ६२ दिनदेखि परिवार न्यायकाे लडाइँमा

२ वर्षअघि विवाह भएकी आरतीको माइती पक्षले २५ लाख रुपैयाँ दाइजो दिएका थिए। तर आरतीका पति र उनका ससुराले दाइजो कम ल्याएको भन्दै आरतीमाथि दुर्व्यवहार गर्दै आएका थिए। पछि थप दाइजो माग्दै छोरीलाई यातना दिने गरेको र अन्त्यमा हत्या नै गरेको माइतपक्षले दाबी गर्दै आएको छ।

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • दाइजो नपाएपछि आरती साहकाे हत्या : ६२ दिनदेखि परिवार न्यायकाे लडाइँमा

    तराईमा दाइजो समस्या बिकराल छ ।

    images
    images

    त्यहाँ सामान्य यातना मात्रै दिइदैन् मान्छेकाे क्रुर्र हत्या सम्म हुने गरेका छन ।

    त्यसमध्येकाे पछिल्लाे एक घटना हाे– जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोककी २२ वर्षीया आरती साहकाे दाइजाेका कारण हत्या । आरतिकाे मृत्यु भएकाे लामाेसमय बितेकाे छ तर उनकाे परिवारले अहिलेसम्म न्याय पाएकाे छैन ।

    बरु न्याय माग्दै अन्दाेलनमा रहेका पीडितहरूलाई प्रहरीले धरपकड गरेको छ। 

    मृतक आरतीका लागि न्याय माग्दै बसेका उनीहरूलाई मंगलबा सिंहदरबार गेटअगाडिबाट प्रहरीले जबर्जस्ती हटाउने मात्र होइन, दुर्व्यवहारसमेत गरेको छ।

    आरतीकाे मृत्यु बारे यसाे भन्छ परिवार

     साँझ ६ः३० बजेतिर धनुषा जिल्लाको नगराइन नगरपालिका, ८ का विनोद प्रसाद साहलाई उनकै सम्धीको नम्बरबाट फोन आयो, आरती (विनोद साहकी छोरी) बेहोस भएकाले जनकपुरको काब्या अस्पताल ल्याएका छौँ, आउनुप¥यो । सम्धीको फोन पाएलगत्तै विनोदले जनकपुरमा बसेर अध्ययन गरिरहेकी आफ्नी कान्छी छोरी मनिषा साहलाई अस्पताल पठाए र आफू श्रीमतीसहित टेम्पो चढेर ८ किलोमिटर टाढा रहेको जनकपुर पुगे ।  

    अस्पताल पुगेकी मनिषाले दिदी (आरती)लाई बेहोस भएको जस्तो देखेपछि आमालाई फोन गरेर बताइन् । आमाले फोनबाटै आरतीका गोडाहरू छाम्न भनिन्, मनिषाले आरतीका गोडाहरु कक्रक्क परेको बताएपछि आमाले रुँदै फोन काटिन् ।   मनिषाले काव्या अस्पतालका डाक्टरसँग आरतीको अवस्थाबारे बुझिन् । जवाफ पाइन्, ‘ अस्पताल ल्याउँदा आरतीको मृत्यु भइसकेको थियो ।’  त्यसको केही समयमा अस्पतालमै प्रहरी आइपुग्यो र सोधपुछ सुरु ग¥यो । सोधपुछपछि आरती साहका ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी र आरतीका पति मोती बाबु साहले घरमै झुन्डिएको अवस्थामा आरतीलाई फेला पारेकाले उद्धार गरी अस्पताल ल्याएको तर अस्पताल ल्याउँदा चिकित्सकले मृत्यु भइसकेको भनी घोषणा गरेको बताए । त्यसपछि घटनास्थल गएर प्रहरीले मुचुल्का तयार पा-यो ।

    घरको एक कोठाको सिलिङ फ्यानमा एउटा सल भेटिएको थियो, जसको प्रयोग गरी आरतीले झुन्डिएर आत्महत्या गरेको भनियो ।   आरतीको घाँटीमा आत्महत्या गर्दा हुनेजस्तै घाउ थियो भने गाला र शरीरका अन्य भागमा पनि घाउ थिए । आरतीका माइती पक्षलाई भने उक्त घटना आत्महत्या नभएर हत्या नै भएको शंका भयो । त्यसपछि उनीहरूले प्रहरीमा आरतीका ससुरा र पतिविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिन खोजे ।   सुरुमा धनुषा प्रहरीले आरतीको माइतीपक्षबाट आएको जाहेरी दर्ता गर्न मानेन ।

    घटना हेर्दा आत्महत्याजस्तो देखिएकाले बरु आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न सकिने प्रहरीको भनाइ थियो । पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी दर्ता नगर्ने पनि प्रहरीले बताएको थियो ।   जेठ ८ गते अपराह्न १ बजे आरतीको शवको पोस्टमार्टम भयो । रिपोर्टले झुन्डिएको र त्यो आत्महत्या हुन सक्ने भन्यो । साथै त्यही रिपोर्टमा गालामा चोट भएको र चोट भित्री भागसम्म रहेको उल्लेख ग¥यो । यही आधारमा कुटपिट गरी हत्या भएको दाबी गर्दै आरतीका माइतीपक्ष प्रहरीमा जाहेरी दर्ता गर्न गए, फेरि पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेन । प्रहरीलाई दबाब दिन उनीहरुले जिल्ला प्रहरी कार्यालयअगाडि शव राखेर आन्दोलन गरे ।

    प्रहरीले कर्तव्य ज्यानमा जाहेरी दर्ता गरेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि मात्र शवको दाहसंस्कार गरियो ।   आरतीको दाहसंस्कार सकिएलगत्तै प्रहरीले ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी र पति मोती बाबु साहलाई पक्राउ ग-यो । अनुसन्धानका क्रममा मोतीबाबु साहले बयान दिए आफू दिनभर बाहिर रहेको र साँझ ५ बजेतिर घर फर्कँदा ढोका लगाइरहेको अवस्थामा ढकढक गर्दा कोठा नखोलेपछि लात्ताले हानेर ढोका फोडी भित्र जाँदा आरती झुण्डिरहेको अवस्थामा फेला परेको बताएका थिए ।   त्यसलगत्तै बुवालाई बोलाएर अस्पताल लगेको तर अस्पतालले आरतीको मृत्यु भइसकेको जानकारी दिएको मोतीबाबुले बताएका थिए । तर मोतीबाबुका बुवा मदन सोडीले भने आरती बहोस् भएको कारण अस्पताल लगेको बताएका थिए ।

      जेठ ७ गते साँझ ५ः१५ बजे सलको पासो लगाएको अवस्थामा आरतीलाई फेला पारिएको र अचेत अवस्थामा रहेको भनिए पनि जेठ ८ गते अपराह्न १ बजे आएको पोस्टमार्टम रिपोर्टमा आरतीको मृत्यु २४ देखि ३६ घण्टा पहिले भइसकेको भनी उल्लेख छ ।  आरतीका माइती पक्षले भने आरतीको पति र ससुराले पटकपटक थप दाइजो मागेर आरतीलाई कुटपिट गर्ने गरेको र कुटपिटबाटै आरतीको हत्या भएपनि त्यसलाई आत्महत्या बनाउन खोजिएको आरोप लगायो ।

      माइती पक्षका अनुसार, घटना हुनुभन्दा २५ दिनअघि पनि आरतीलाई ससुरा र पतिले कुटपिट गरेको भन्दै आरती माइत गएकी थिइन् । आरती माइतीमा १५ दिन बसेपछि मोतीबाबु आरतीलाई लिन ससुराली गएका थिए । अब राम्रोसँग बस्ने भन्दै मोतीबाबुले आरतीलाई घरमा ल्याएका थिए, तर घर ल्याएको १० दिनपछि नै आरतीको रहस्यमय मृत्यु भएको थियो ।

    प्रहरीकाे भूमिका रहस्यमय

    सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहित प्रहरीहरूविरुद्ध आरती साहका आफन्तले गएको असारमा किटानी जाहेरी दिएका थिए। 

    आरती ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन्। आरतीको श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन व्याहुत अहिले पुर्पक्षका लागि थुनामा छन्। गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

    आरतीको माइती पक्षले मोतीबाबु, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साहविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएको थियो।

    तर प्रहरीले सुरुमा आत्महत्या देखिएको भन्दै आत्महत्यासम्बन्धी दुरुत्साहन कसुरमा जबर्जस्ती जाहेरी दिन लगाएको थियो।

    तर माइत पक्षले हत्या भन्दै कर्तव्य ज्यान मुद्दा चलाउने अडान राखेका थिए। त्यसपछि प्रहरीले अनुसन्धानमा पति र ससुराको मात्र संलग्नता देखिएको भन्दै दुवैविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।

    २ वर्षअघि विवाह भएकी आरतीको माइती पक्षले २५ लाख रुपैयाँ दाइजो दिएका थिए। तर आरतीका पति र उनका ससुराले दाइजो कम ल्याएको भन्दै आरतीमाथि दुर्व्यवहार गर्दै आएका थिए। पछि थप दाइजो माग्दै छोरीलाई यातना दिने गरेको र अन्त्यमा हत्या नै गरेको माइतपक्षले दाबी गर्दै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार