Sep 17 2024 | २०८१, असोज १ गते

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटघाट, के भयो कुराकानी ?

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटघाट, के भयो कुराकानी ?

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटघाट, के भयो कुराकानी ?

    काठमाडाैं |  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । पार्टी कार्यालय बनस्थलीमा बुधवार उनीहरूबीच भेटघाट भएको हो ।  

    images
    images

    भेटमा सांसदसमेत रहेका पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल,  केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावल लगायतको सहभागिता थियो ।   

    भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपा सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा समेत छलफल भएको  हो ।  

    भेटका अवसरमा सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सोको यथाशीघ्र समाधानका पहल गरिने बताए ।  

    भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार