Sep 17 2024 | २०८१, असोज १ गते

सडकदेखि सदनसम्म आन्दोलन चर्काउने रेशम चाैधरीकाे चेतावनी

सडकदेखि सदनसम्म आन्दोलन चर्काउने रेशम चाैधरीकाे चेतावनी

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • सडकदेखि सदनसम्म आन्दोलन चर्काउने रेशम चाैधरीकाे चेतावनी

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम लाल चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    images
    images

    आफूहरुले सबै कुरा सहिराखेको भएपनि आफूहरुकै मान्छे प्रयोग गरेर अलग्याउने काम भइरहेको उनको भनाई छ । पार्टीभित्रका गद्दार पनि आफूहरुले चिनेको बताउँदै उनले समय आए सबै सामना गर्न तयार रहेको उनले बताएका छन् ।

    सर्वोच्च अदालतले उनीमाथिको मुद्दाको पूर्णपाठ सार्वजनिक गरेसँगै चौधरीविरुद्ध विभिन्न प्रकारका टीकाटिप्पणी भइरहेका छन् ।

    यस्तो लेखेका छन् उनले सामाजिक सञ्जालमा

    लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्नुपर्छ । अब प्रतिबेदन सार्वजनिक नगरे हामी सडक,सदन,सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं ।

    सबैकुरा मैले बोल्नैपर्छ भन्ने छैन,अन्तरंग सबैकुराले हामीमाथिको व्यबहार पुष्टि गर्छ । हामीले सबैकुरा सह्यौं,सहिराखेकाछौं तर कहिलेसम्म सहने ? हाम्रो बिसुद्ध राजनीतिमा घुसपैठ गराएर अझै पुनः हाम्रै मान्छे प्रयोग गरेर हामीलाई अलग्याउन खोज्नु कदापि राम्रो होइन ।

    हामीले हामी भित्रका गद्दार चिनेकाछौं तर मुख खोलेका छैनौं । यसको मतलब यो होइन कि हामी अन्जान छौं । समय आए सबै प्रकारको सामना गरिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार