Sep 17 2024 | २०८१, असोज १ गते

एमालेले सार्वजनिक कार्यक्रममा आसन ग्रहण गर्ने प्रचलनलाई अन्त्य गर्ने

एमालेले सार्वजनिक कार्यक्रममा आसन ग्रहण गर्ने प्रचलनलाई अन्त्य गर्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • एमालेले सार्वजनिक कार्यक्रममा आसन ग्रहण गर्ने प्रचलनलाई अन्त्य गर्ने

    काठमाडौं । नेकपा (एमाले)ले सार्वजनिक कार्यक्रममा आसन ग्रहण गर्ने प्रचलनलाई अन्त्य गर्ने गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत साउन ३० गतेको पार्टी सचिवालय बैठकले सार्वजनिक कार्यक्रममा आसन ग्रहण गर्ने प्रचलनलाई अन्त्य गर्ने निर्णय गरेको बताए ।

    images
    images

    ‘फेसबुक ट्वीटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसनग्रहण गराएर समय वर्वाद गर्नु भएन भन्ने सुझाव दिने गर्नु भएको थियो । हो पनि । तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ ।’

    अध्यक्ष ओलीले भनेका छन्, ‘अब अनुहारै छोपिनेगरी खादा–माला र कोट भन्दा ठूला व्याज लगाउने प्रचलन पनि बन्द गर्नु पर्छ । कार्यक्रमहरुमा औपचारिकताका लागि धेरैलाई आसनग्रहण गराउने र खादा–मालाले पुर्ने भद्दा चलनहरु हटाएर समयलाई काममा लगाउने विषयमा तपाईंहरुका अरु के सुझावहरु छन् ?

    अध्यक्ष ओलीले कार्यक्रमहरूमा औपचारिकताका लागि धेरैलाई आसन ग्रहण गराउने र खादा–मालाले पुर्ने भद्दा चलनहरू हटाएर समयलाई काममा लगाउने विषयमा सुझावहरू दिन आग्रह समेत गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार