Sep 17 2024 | २०८१, असोज १ गते

एमालेको कार्यक्रममा अध्यक्षको मात्र फोटो प्रयोग गरिने 

एमालेको कार्यक्रममा अध्यक्षको मात्र फोटो प्रयोग गरिने 

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • एमालेको कार्यक्रममा अध्यक्षको मात्र फोटो प्रयोग गरिने 

    काठमाडौं । नेकपा (एमाले)को सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक अरू नेताको फोटो प्रयोग नगरिने भएको छ ।

    images
    images

    पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अरू फोटो प्रयोग नगर्ने निर्णय गरिएको एमाले उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

    सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी निर्णय परिपत्रमार्फत पठाइने उनले उल्लेख गरेका छन् ।

    रिमालका अनुसार कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अरू फोटो प्रयोग नगर्ने निर्णय गरिएको हो ।

    यस्तै, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथिलगायत व्यक्तिलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउन पार्टीपंक्तिलाई निर्देशन दिइने रिमालले जनाएका छन् ।

    आसनग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने, ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने नीति एमालेले लिएको छ ।

    एमाले अध्यक्ष ओलीले पनि आसनग्रहणलगायत विषयमा निर्णय गरिएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार