Sep 17 2024 | २०८१, असोज १ गते

भक्तपुरको बालसुधार गृहमा एक बालकको शंकास्पद मृत्यु

भक्तपुरको बालसुधार गृहमा एक बालकको शंकास्पद मृत्यु

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • भक्तपुरको बालसुधार गृहमा एक बालकको शंकास्पद मृत्यु

     भक्तपुर । भक्तपुर सानोठिमीस्थित बालसुधार गृहमा एक बालकको शंकास्पद मृत्यु भएको छ ।  रामेछाप मन्थलीका १८ वर्षीय कमल बस्नेतको शंकास्पद मृत्यु भएको परिवारका सदस्यले आरोप लगाएका छन्। ३ वर्षदेखि सुधारगृहमा रहेका उनी आइतबार बिहान मृत भेटिएका हुन्।

    images
    images

    तर, जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकका अनुसार नागरिक अस्पताल भक्तपुर पुर्‍याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए। पाठक भन्छन्, ‘नावालक बन्दी कमल बस्नेतको मृत्यु भएको छ। घटना के कति कारणले घट्यो ? अनुसन्धान भइरहेको छ।’

    शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेजमा लगिएको छ। रिपोर्ट आइसकेको छैन। पोस्टमार्टम रिपोर्ट हेरेपछि मात्रै घटनाका थप अनुसन्धान अघि बढ्ने पाठक बताउँछन्। 

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा ४ सदस्यीय छानबिन समिति गठन भएको छ। जसमा भक्तपुरका डीएसपी वसन्त पाठक, प्रशासन कार्यालयका दुईजना प्रतिनिधि र महिला बालबालिका मन्त्रालयका प्रतिनिधि संलग्न हुनेछन्। समितिलाई ७ दिनमा छानबिन गरेर रिपोर्ट पेस गर्नेछ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार