Sep 17 2024 | २०८१, असोज १ गते

भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ

भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ

    काठमाडौँ । भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पनि ९९ प्रतिशत नै रोपाइँ सकिएको छ ।
     
    गत वर्ष यही समयमा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । यस वर्ष ढिला वर्षा भएकाले कम प्रतिशत रोपाइँ भएको हो । धेरै धान उत्पादन हुने मधेश प्रदेशमा सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ ।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार