Sep 17 2024 | २०८१, असोज १ गते

युवतीहरूलाई मेसेन्जरमा भिडिओ कल गरी आफ्नो गोप्य अङ्ग देखाउने तुफान केसी पक्राउ

युवतीहरूलाई मेसेन्जरमा भिडिओ कल गरी आफ्नो गोप्य अङ्ग देखाउने तुफान केसी पक्राउ

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • युवतीहरूलाई मेसेन्जरमा भिडिओ कल गरी आफ्नो गोप्य अङ्ग देखाउने तुफान केसी पक्राउ

    काठमाडौं । युवतीहरूलाई मेसेन्जरमा भिडिओ कल गरी आफ्नो गोप्य अङ्ग देखाउने एक पुरुषलाई साइबर ब्युरोले पक्राउ गरेको छ ।

    images
    images

    ब्युरोको टोलीले ललितपुर महानगरपालिका वडा नम्बर १९ कुमारिपाटी बस्ने अर्घाखाँची भूमिकास्थान नगरपालिका ४ घर भएका तुफान केसीलाई त्यस किसिमको गतिविधि गरेको आरोपमा पक्राउ गरेको हो ।

    सोमवार काठमाडौंबाट पक्राउ परेका उनी विरुद्ध एक युवतीले भिडिओ सहित सप्रमाण साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । ब्युरोका प्रवक्ता पशुपति रायका अनुसार अन्य युवतीले समेत ती व्यक्तिले आफूहरूमाथि त्यस किसिमको अश्लील र अपमानजनक व्यवहार गरेको भन्दै उजुरी दिएका थिए ।

    तर प्रमाण अभावमा यसअघि उनलाई पक्राउ गर्न नसकिएको उनले टेकपानालाई बताए । युवतीहरूलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउने र एसेप्ट गर्नेहरूलाई सोझै भिडिओ कल गरी आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्ने कार्य केसीले गर्ने गरेको उल्लेख छ ।

    ब्युरोमा उजुरी दिने युवतीले आफ्नो फेसबुक मेसेन्जरमा अपरिचित व्यक्तिको भिडिओ कल आए पनि चिजानकै व्यक्तिको हो कि भनेर रिसिभ गर्दा अश्लीलता प्रदर्शन गरिरहेको पुरुष व्यक्ति देखेको बताएकी छन् ।

    ती युवतीले उक्त प्रदर्शनको भिडिओ अर्को मोबाइलबाट फोनमा रेकर्ड गरेर अब उपरान्त यस्ता गतिविधि नगर्न उक्त व्यक्तिलाई आग्रह गरेकी थिइन् । तर उल्टै मेरो फेसबुकमा पोस्ट गरेका तस्विरहरूमा समेत अश्लील र अपमानजनक शब्दहरू प्रयोग गरी कमेन्ट गरी चरित्र हत्या गरेको पीडितको उजुरीमा उल्लेख छ ।

    "उक्त व्यक्ति पत्ता लगाई कानून बमोजिम कारबाहीका लागि पीडित महिलाले यस ब्युरोमा उजुरी दिनु भएको थियो," ब्युरोले भनेको छ । प्राप्त उजुरीमाथिको प्राविधिक अनुसन्धान र विश्लेषणबाट केसी खुल्न आएपछि पक्राउ गरिएको हो । अहिले उनीमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार