Sep 17 2024 | २०८१, असोज १ गते

पत्रकार रोशनीले पेट्रोल छर्केर आत्महत्या गरिन, पेटमा हुर्केकाे बच्चाले संसार देख्नै पाएन

पत्रकार रोशनीले पेट्रोल छर्केर आत्महत्या गरिन, पेटमा हुर्केकाे बच्चाले संसार देख्नै पाएन

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • पत्रकार रोशनीले  पेट्रोल छर्केर आत्महत्या गरिन, पेटमा हुर्केकाे बच्चाले संसार देख्नै पाएन

    पोखरा । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी हुन् ।

    images
    images

    जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो । गण्डकी मेडिकलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा रिफर गरेपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो निधन भएको हो ।

    ७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनले यसअघि माछापुच्छे« एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन् ।

    चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन् ।

    उनको मंगलबार साँझ सेती किनारस्थित शान्तिघाट अन्त्येष्टि गरिएको छ । मृतक एलिजाको गत वर्षमात्र विवाह भएको थियो । उनको पेटमा शिशु हुर्किदै गरेको समेत परिवारजनले जनाएको छ । उनले आत्मदाह गर्नुको कारण खुलेको छैन ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार