Sep 17 2024 | २०८१, असोज १ गते

प्रतिनिधिसभा बैठक : बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा बैठक : बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • प्रतिनिधिसभा बैठक : बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग

    काठमाडौँ । प्रतिनिधिसभाको आज बिहीबारको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

    images
    images

    उनीहरुले बालसुधार गृह भित्रै भएको कमल बस्नेतको निधनका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

    बैठकमा सांसद दुर्लभ थापा क्षेत्रीले बस्नेतको निधन र त्यसपछि भएको घटनाका सम्बन्धमा सम्बन्धित निकायलाई सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न र निधन भएका बालकको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे । यसैगरी सांसद निशा डाँगीले कमल बस्नेतको मृत्यु सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै सुधार गृहका बालबालिकाले पाउने सेवा सुविधामा पनि ध्यान दिन आग्रह गरीन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार